बागमती प्रदेशका सवारी भाडा भुक्तानीलाई डिजिटल प्रणालीमा लैजाने

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
बागमती प्रदेशका सवारी भाडा भुक्तानीलाई डिजिटल प्रणालीमा लैजाने
सांकेतिक तस्बिर

काठमाडौं ।

बागमती प्रदेश सरकारले प्रदेश भित्रका यातायातको शुल्क भुक्तानीलाई डिजिटल प्रणालीमा लाने भएको छ। प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीसाधनमा सवारी भाडा भुक्तानीलाई नगदरहित कारोबार बनाउने निर्णय गरेको जानकारी दिए।

यात्रुले खुद्रा पैसा नहुँदा लाग्ने भाडाभन्दा बढी भाडा भुक्तानी गर्नुपर्ने अवस्था रहेकोले यात्रुको सहजता र पारदर्शिताका लागि सार्वजनिक सवारीसाधनमा सवारी भाडा भुक्तानीलाई नगदरहित कारोबार बनाउन नगदरहित भुक्तानी प्रणालीमा जान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उनले बताए।

“यसका लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरिने छ” उनले भने।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार