नासाद्वारा मंगल ग्रहबाट फर्कने रकेट निर्माणका लागि लकहीड मार्टिन चयन

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
नासाद्वारा मंगल ग्रहबाट फर्कने रकेट निर्माणका लागि लकहीड मार्टिन चयन

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहबाट फर्कने अन्तरिक्षयान बनाउने जिम्मा लकहीड मार्टिनलाई दिने भएको छ।

नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरन्स रोभर आफैंमा सशक्त उपकरण हो तर यसले मंगल ग्रहमा नमूनाका रुपमा संकलन गरिएका चट्टान तथा थिग्र्यानहरु पृथ्वीमा पठाउन भने सक्दैन।

नासाले मार्स स्याम्पल प्रोग्राम उक्त नमूनाहरु पृथ्वीमा ल्याउने योजना बनाएको छ। यसैलाई मूर्तरुप दिनका लागि उक्त अन्तरिक्षयान निर्माणका लागि कम्पनी छनोट गरिएको रोयटर्सले उल्लेख गरेको छ।

उक्त यानको नाम मार्स एसेन्ट भेहिकल राखिने र यो आकारमा सानो तथा कम तोलको रकेट हुने साथै यो नासाको महत्वकांक्षी योजनाको एउटा महत्वपूर्ण हिस्सा हुने बुझिएको छ।

‘यो अभूतपूर्व खोजले पहिलो रोबोटिक राउण्ड-ट्रिप मिशनले अर्को ग्रहबाट नमूना संकलन गरेर विश्वलाई प्रेरित गर्नेछ। यो मंगल ग्रहमा पहिलो अन्तरिक्षयात्री पठाउनका लागि एउटा महत्वपूर्ण कदम बन्नेछ’,नासाका प्रशासक बिल नेल्सनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

एउटा स्याम्पल रिट्राइभल ल्याण्डरले एमएभीलाई मंगल ग्रहको सतहसम्म लैजाने इन्ग्याजेटले उल्लेख गरेको छ।

यो गत वर्षको फेब्रुअरीमा पर्सिभेरन्स रोभर अवतरण गरेको जजेरो क्रेटरमा वा त्यसको नजिक अवतरण हुने बुझिएको छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २६ माघ २०७८, बुधबार