अमेरिकाको न्याय विभागद्वारा ५ अर्ब डलर बराबरका चोरिएका बिटक्वाइन बरामद

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
अमेरिकाको न्याय विभागद्वारा ५ अर्ब डलर बराबरका चोरिएका बिटक्वाइन बरामद

काठमाडौं ।

अमेरिकाको न्याय विभागले ५ अर्ब डलर बराबरका चोरिएका बिटक्वाइन बरामद गरेको छ।

यो परिमाणको बिटक्वाइन हालसम्म बरामद गरिएको सबैभन्दा धेरै रकम बराबरको रहेको रोयटर्सले उल्लेख गरेको छ।

संस्थाका अधिकारीहरुले मंगलबार दुई व्यक्तिहरुलाई १ लाख २० हजार बिटक्वाइन बराबरको सम्पत्ति शुद्धीकरण गर्न प्रयास गरेको आरोपमा गिरफ्तार गरेका छन्।

एक ह्याकरले सन् २०१६ मा एउटा क्रिप्टोकरेन्सी एक्सचेञ्ज ह्याक गरेर ७ करोड १० लाख डलर बराबरको बिटक्वाइन चोरेका थिए।

तर बिटक्वाइनको मूल्य बढ्दै गएपछि हाल उक्त बिटक्वाइनको मूल्य ५ अर्ब डलर बराबर भएको छ।

न्याय विभागका सहायक महान्यायाधिवक्ता केनेथ पोलाइट जुनियरले उक्त बिटक्वाइन बरामद बिटक्वाइनलाई सम्पत्ति शुद्धीकरणको सुरक्षित थलो वा अमेरिकी वित्तीय प्रणाली अन्त्रगतको कानून नभएको क्षेत्र होइन भन्ने प्रमाण भएको बताएका छन्।

न्याय विभागका अधिकारीका अनुसार सन् २०१६ मा बिटफाइनेक्स नामक एक्सचेञ्जबाट एक ह्याकरले २ हजार अनाधिकारिक कारोबार गरी त्यस बराबरको रकम न्यूयोर्कको इया लिचेनस्टाइन, ३४ द्वारा सञ्चालित डिजिटल वालेटमा राखेका थिए।

चोरिएका २५ हजार बिटक्वाइन बराबरको रकम शुद्धीकरण गरेको आरोपमा विगत ५ वर्षमा लिचेन्स्टाइन तथा उनकी श्रीमतीविरुद्ध थुप्रै मुद्दा परेका थिए।

यसबारेको लामो अनुसन्धानमा वाशिङ्टन, न्यूयोर्क, शिकागो तथा जर्मनीको आंसबाकका अनुसन्धाताहरुको संलग्नता रहेको थियो।

हालै बिटफाइनेक्सले एउटा विज्ञप्तिमा आफूले सोधपूछमा सघाएको र चोरिएका बिटक्वाइन फिर्ता आएकोमा खुसी लागेको पनि बताएको छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...