उमेरका आधारमा सामग्रीहरुको ‘रेटिङ’ गर्ने फिचर परीक्षण गर्दै टिकटक

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
उमेरका आधारमा सामग्रीहरुको ‘रेटिङ’ गर्ने फिचर परीक्षण गर्दै टिकटक

काठमाडौं ।

छोटा भिडियो शेयरिङ एप टिकटकले उसको प्लेटफर्ममा आउने सामग्रीहरुलाई उमेरका हिसाबले रेटिङ गर्ने भएको छ।

कम्पनीले किशोरकिशोरीले उक्त प्लेटफर्ममा आएका वयष्क सामग्री हेर्न नसकुन् भन्ने उद्देश्यले यो फिचर ल्याउन लागेको हालै एउटा पत्रकार सम्मेलनमा बताएको हो।

केही समययता किशोर किशोरीमाझ बहुचर्चित एप टिकटकले वयष्क रेट गरिएका सामग्री कम उमेर भएका यूजरको एकाउन्टबाट यूजर तथा उनीहरुका अभिभावकले कसरी प्रतिबन्ध लगाउन सक्छन् भन्ने बारेमा सानो परीक्षण गरिरहेको बताएको छ।

चिनियाँ टेक जायन्ट बाइटडान्स अन्तर्गतको कम्पनी टिकटकले यसअघि चलचित्र तथा गेमहरुका लागि प्रयोग भइसकेका रेटिङ मापदण्ड लागू गर्ने तयारीमा रहेको जानकारी दिएको छ।

आफ्ना सर्जकहरुलाई आफ्ना सामग्री वयष्कहरुले मात्र हेर्न मिल्ने भनी आफैं रेटिङ गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको जानकारी दिएको कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...