
काठमाडौं ।
भोडाफोनको पोर्चुगल इकाइमा ह्याकरहरुले साइबर हमला गरेका छन्।
कम्पनीले रातभर एक ह्याकरले साइबर हमला गरेका कारण आफ्ना सेवाहरुमा समस्या आएको मंगलबार जानकारी दिएको छ।
भोडाफोनले साइबर हमला भए पनि ग्राहकका गोप्य व्यक्तिगत विवरण भने सुरक्षित रहेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै भोडाफोन पोर्चुगलले सोमबार साँझ हजाराैं ग्राहकले फोन र इन्टरनेट चलाउन नसकेको गुनासो गरेका बताएको छ।
पछि उक्त प्राविधिक गडबडी जानीबुझी गरिएको घातक साइबर हमलाका कारण भएको खुलेको रोयटर्सले उल्लेख गरेको छ।
‘ग्राहकका डाटा तोडमोड भएको कुनै प्रमाण छैन’, कम्पनीले भनेको छ, ‘योग्य अधिकारीहरुमार्फत् उक्त आपराधिक घटनाको गहन अनुसन्धान भइरहेको र यो अनिश्चिकालसम्म जारी रहनेछ।’
प्रकाशित: २५ माघ २०७८, मंगलवार