
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षासम्बन्धी भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्राधिकरणले सिर्जनशील समाजसँगको संयुक्त आयोजना, राष्ट्रिय बाल अधिकार परिषदसँगको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा उक्त भिडियो प्रतियोगिताको आयोजना गर्नलागेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
यो प्रतियोगितामा सातै प्रदेशका १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीले भाग लिन सक्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगीहरुले ‘अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता अनलाइन बाल सुरक्षामा बालक्लब/स्थानीय तह/ सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यासहरु, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर तथा विकासमा सूचना, सञ्चार तथा प्रविधिको भूमिका’ मध्ये एक वा एकभन्दा बढी विषयमा भिडियो बनाउन सक्नेछन्।
यस्तो छ सहभागीका लागि शर्त तथा नियमहरु:
प्रतियोगीले आफ्नो भिडियो आगामी फागुन २ गते राति ११:५९ भित्र निम्न ईमेल ठेगानामा पठाउन सक्नेछन्:
| प्रदेशको नाम | भिडियो पठाउने ईमेल ठेगाना |
| प्रदेश नं. १ | [email protected] |
| मधेश प्रदेश | [email protected] |
| बागमती प्रदेश | [email protected] |
| गण्डकी प्रदेश | [email protected] |
| लुम्बिनी प्रदेश | [email protected] |
| कर्णाली प्रदेश | [email protected] |
| सुदूरपश्चिम प्रदेश | [email protected] |
समयसीमा भित्र प्राप्त भिडियोलाई विशेषज्ञ समितिबाट मूल्यांकन गराई प्रत्येक प्रदेशबाट विषय/विधामा उत्कृष्ट एक भिडियो छनोट गरी पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने प्राधिकरणले जनाएको छ।
प्रकाशित: २५ माघ २०७८, मंगलवार