सिटिजन्स बैंकद्वारा ‘सिटिजन कल सेन्टर’ सेवा सुरुवात

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार

काठमाडौं ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर कल सेन्टर सेवा शुरु गरेको छ। आइतबारदेखि संचालन आएको बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने बैंकले जनाएको छ।

कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ भने [email protected] मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने बताईएको छ।

हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको बैंकले जनाएको छ। देशभरी रहनुभएका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसँग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार