डीजेआई मिनी २ पोर्टेबल ड्रोनमार्फत अमेरिकी सीमा नाकामा लागुऔषध तस्करी

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
डीजेआई मिनी २ पोर्टेबल ड्रोनमार्फत अमेरिकी सीमा नाकामा लागुऔषध तस्करी
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपालसहित विश्वका धेरै देशहरूमा ड्रोन प्रयोग र उडानका सम्बन्धमा धेरै कडा कानुनहरू छन्। यसको कारण गलत काममा प्रयोग हुनसक्ने आशंका र कानूनी निकायको चासो हो । ड्रोनलाई देशको सुरक्षाका लागि पनि सही मानिँदैन, किनभने यो प्रायः जासुसीका लागि प्रयोग गरिन्छ। पछिल्लो समाचार पनि यसैसँग सम्बन्धित छ, जहाँ पोर्टेबल डिजेआई मिनी २ ड्रोन मार्फत मेक्सिको र अमेरिकाको सिमानामा लागूऔषध तस्करी गर्न प्रयोग गरिएको थियो।

युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए) द्वारा जारी गरिएको सर्च वारेन्टले जानकारी दिएअनुसार डिजेआई मिनी २ ड्रोन मेक्सिको र अमेरिकाको सीमाना बीच लागुऔषध तस्करी गर्न प्रयोग भएको छ। सो घटना अक्टोबर ७, २०२१ को हो, जब अमेरिकी सीमा गस्ती टोलीले सीमानामा मेथ (एक प्रकारको औषधि) फेला पारेको थियो।

तस्करले साना ड्रोनको प्रयोग गरेर मेथलाई एक ठाउँबाट अर्को ठाउँमा खसाल्ने गरेको बताइएको छ। घटनालाई हेर्दा यो काम पहिलो पटक नभएको पनि देखिन्छ। डिईएको सर्च वारेन्टले डिजेआई मिनी २ ड्रोन ड्रोनको मालिकको बारेमा जानकारी खुलासा गर्न एजेन्सीको अनुसन्धान जारी रहेको देखाएको छ। यसबाहेक अमेरिकामा यी ‘मेथ’ प्याकेट कसले लिएको थियो भन्ने पनि अनुसन्धान भइरहेको छ।

वारेन्टमा भनिएअनुसार ड्रोन २५ फिट अग्लो सिमानामा पर्खाल माथि हिडिरहेको देखियो। सो ड्रोन पार्किङ स्थलमा अवतरण भयो, जसको नजिकै खरानी रंगको मर्सिडिज कार पार्क गरिएको थियो। यसमा एक व्यक्ति प्याकेज लिन पर्खिरहेका थिए। तर, काम पूरा हुनुअघि नै उनलाई सीमा गस्ती टोलीले रोकेको थियो। २४९ ग्राम तौलको यो ड्रोनबाट २५९ ग्राम मेथाम्फेटामाइन तस्करी भइरहेको थियो।

डिजेआई मिनी २ ड्रोनले छोटो दूरीमा यसको दोब्बर वजन बोक्न सक्ने गीज्मोचाइनाको एक रिपोर्टमा उल्लेख छ।

यस्तो अवस्थामा, ड्रोन निर्माताहरूले लागूपदार्थको तस्करीको यो उदीयमान आयामलाई रोक्नका लागि मद्दत गर्न सबै आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने बताईएको छ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...