एप्पलले कानूनको पालना गरे/नगरेको परीक्षण गर्दै नेदरल्याण्ड्सको प्रतिस्पर्धा विरोधी नियामक

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
एप्पलले कानूनको पालना गरे/नगरेको परीक्षण गर्दै नेदरल्याण्ड्सको प्रतिस्पर्धा विरोधी नियामक

काठमाडौं ।

नेदरल्याण्ड्सको प्रतिस्पर्धाविरोधी नियामकले सोमबार एप्पलले आफ्नो एप स्टोरसम्बन्धी घोषणा गरेको नयाँ परिवर्तनहरु लागू गरे नगरेको परीक्षण थालेको छ।

कम्पनीले केही समयअघि नियामक तथा स्थानीय कानूनसम्मत हुनेगरी एप स्टोरमा रहेका आफ्ना शर्त तथा नियमहरुमा परिवर्तन ल्याएको घोषणा गरेको थियो।

नियामक संस्था अथोरिटी फर कन्जुमर्स एन्ड मार्केट्स एसीएमले एप्पलमाथि गत जनवरी २४ देखि दैनिक ५० लाख यूरो बराबरको जरिबाना लगाउँदै आएको छ।

यो जरिबाना एप्पलले नेदरल्याण्ड्सका डेटिङ सेवा प्रदायक एपहरुलाई एप स्टोरमा वैकल्पिक भुक्तानी प्रणालीको प्रयोग गर्न इजाजत नदिएका कारण लगाइएको नियामकलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

एप्पलमाथि थुप्रै देशमा उसले इन-एप पर्चेजमा लिने गरेको शुल्कका कारण आलोचित हुँदै आएको छ। गत बिहीबार अमेरिकी सिनेटले एप्पल तथा गुगललाई उनीहरुकै भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता हटाउने विधेयक पारित गरेको छ।

एप्पलले गत जनवरी १५ मा नेदरल्याण्ड्सको नियामकले डिसेम्बरमा दिएको निर्देशनअनुसार टिण्डरलगायतका डेटिङ एपलाई वैकल्पिक भुक्तानी प्रणाली प्रयोग गर्न दिएको बताएको छ भने नियामकले भने एप्पलले यो लागू गरिनसकेको र लागू गर्ने संकेत मात्र गरेको आरोप लगाएको छ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...