यी हुन् उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु, कसका ग्राहक कति?

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
यी हुन् उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु, कसका ग्राहक कति?

काठमाडौं ।

-साजन सुवेदी

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।

आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५३ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।

तिनै आँकडा अनुसार मंसिर महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायक निम्न छन्:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ६३, १९१

कार्तिक मसान्त – ५, ५०, ५७९मंसिर मसान्त – ५, ६३, ७७०वृद्धि –  १३, १९१

२०७८ कार्तिक मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ५० हजार ५७९ रहेकोमा मंसिर मसान्तसम्म आइपुग्दा १३ हजार १९१ ले बढेर ५ लाख ६३ हजार ७७० मा पुगेको छ।

२. सुविसु केबलनेट प्रालि २, ४७, ९३८

कार्तिक मसान्त- २,४३, ७३३मंसिर मसान्त – २, ४७, ९३८वृद्धि – ४, २०५

सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख ४७ हजार ९३८ पुगेका छन्। यो सङ्ख्या कार्तिक मसान्तसम्म २ लाख ४३ हजार ७३३ रहेको थियो।

यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले एक महिनामा ४ हजार २०५ ग्राहक थपेर दोस्रो स्थानमै रहन सफल भएको देखिन्छ।

३. क्लासिकटेक प्रालि – १, ९५, ३८८

कार्तिक मसान्त – १, ८८, ३०३मंसिर मसान्त – १, ९५, ३८८वृद्धि – ७, ०८५

उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको कार्तिक महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ८८ हजार ३०३ रहेको थियो।

मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा ७ हजार ८५ वृद्धि भएर १ लाख ९५ हजार ३८८ पुगेको छ।

४.भायानेट प्रालि – १, ५८, ६५०

कार्तिक मसान्त – १, ५५, ७३३मंसिर मसान्त – १, ५८, ६५०कमी – २, ९१७

१ लाख ५५ हजार ७३३ ग्राहक सङ्ख्यासहित कार्तिकमा चाैथो नम्बरमै रहेको भायानेट प्रालि एक महिनाको अवधिमा २ हजार ९१७ ग्राहक थप्दै मंसिर मसान्तसम्म १ लाख ५८ हजार ६५० मा पुगेको छ।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२

कार्तिक मसान्त – ७४, ०४२मंसिर मसान्त – ७४, ०४२अन्तर – यथावत

कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैं नम्बरमा  पछिल्ला ५ महिनायता यथावत् छ।

उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६९, ९१३

कार्तिक मसान्त – ६९, ९१३मंसिर मसान्त – ६९, ९१३अन्तर – यथावत्

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६९ हजार ९१३ ग्राहकसहित छैटाैं नम्बरमा यथावत् रहेको छ।

यो सङ्ख्यामा अघिल्ला दुई महिना अर्थात् असोज र कार्तिक मसान्तको तुलनामा कुनै घटबढ छैन।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५२, २९३

कार्तिक मसान्त – ५२, २९३मंसिर मसान्त – ५३, ३९५वृद्धि – १, १०२

उत्कृष्ट १० को साताैं नम्बरमा यथावत् रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ग्राहक ५३ हजार ३९५ पुगेका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाको तुलनामा १ हजार १०२ ले बढी हो।

८. डिश मिडिया नेटर्क ३८, ७७४

कार्तिक मसान्त – ३८, ७७४मंसिर मसान्त – ४४, २८७वृद्धि – ५,५१३

सूचीको आठाैं नम्बरमा यथावत् रहेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढेर ४४ हजार २८७ पुगेको छ।

कार्तिक मसान्तसम्म भने यो संख्या ३८ हजार ७७४ रहेकोमा १ महिनाको अवधिमा ५ हजार ५१३ ग्राहक वृद्धि गर्दै डिश मिडिया नेटवर्कले यो आँकडा ४४ हजार २८७ मा पुर्याएको हो।

९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

कार्तिक मसान्त – १८, ५७०मंसिर मसान्त – १८, ५७०अन्तर – यथावत्

सूचीको नवाैं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० रहेको छ।

यो सङ्ख्यामा अघिल्ला केही महिनाका तुलनामा कुनै उतारचढाव आएको छैन।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ।

१०. एरोनेट प्रालि १६, ९५२

कार्तिक मसान्त – १६, ५६२मंसिर मसान्त – १६, ९५२वृद्धि – १९७

कार्तिक महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १६ हजार ५६२ पुर्याएर सूचीको दशाैं नम्बरमा रहेको एरोनेट प्रालि कार्तिक मसान्तमा ३९० ग्राहक संख्या थपेर दशाैं स्थानमै यथावत् रहेको छ।

*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ मंसिर मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार