एयरटेलले ५ वर्षमा ११ खर्ब ७० अर्ब भारु लगानी गर्ने

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
एयरटेलले ५ वर्षमा ११ खर्ब ७० अर्ब भारु लगानी गर्ने

काठमाडौं ।

भारतीय दूरसञ्चार सेवा प्रदायक भारती एयरटेलले आफ्ना मातहतका संस्थाहरुमार्फत् आगामी ५ वर्षमा ११ खर्ब ७० अर्ब डलर लगानी गर्ने भएको छ।

कम्पनीले आफ्ना मातहतका कम्पनीहरु इन्डस टावर्स, एनएक्स्ट्रा तथा भारती हेक्जाकम मार्फत उक्त परिमाणको रकम लगानी गर्ने हालै नियामक संस्थामा बुझाइएको दस्तावेजलाई उद्धृत गर्दै ग्याजेट्स डट एनडीटीभीले उल्लेख गरेको छ।

कम्पनीले आगामी फेब्रुअरी २६ मा कम्पनीका सदस्यहरुको अद्वितीय साधारण सभा आयोजना गरी गुगलको १.२८ प्रतिशत शेयर किन्नका लागि ७५ अर्ब भारतीय रुपैयाँ लगानी गर्न उनीहरुको सहमति जुटाउने प्रयास गर्ने बुझिएको छ।

कार्यकारी महाप्रबन्धकले जारी गरेको सूचना अनुसार भारती एयरटेलले ८८ अर्ब भारु इन्डस टावर्ससँग मिलेर टावर व्यवसायमा, १५ अर्ब भारु डाटासेन्टर संस्था एनएक्स्ट्रामार्फत् तथा १४ अर्ब भारु भारती हेक्जाकम अन्तर्गतका व्यवसायमा लगानी गर्ने योजना बनाएको छ।

नियामक संस्थामा बुझाइएको दस्तावेजमा भारती एयरटेलले यसबाहेक १७ अर्ब भारु आगामी ४ आर्थिक वर्षमा इन्डस टावर्समार्फत् तथा २०२५-२६ मा २० अर्ब भारु लगानी गर्ने बुझिएको छ।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार