
काठमाडौं ।
रोल्पा नगरपालिका र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा लिवाङ बजारका सार्वजनिक स्थानमा राखिएका सिसीटिभी बिग्रिएर प्रयोगविहीन भएका छन् ।
विसं २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।
सिसीटिभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। प्रहरीकाअनुसार सिसीटिभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ।
वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जडान गरिएका सिसिटिभीको रेखदेख, मर्मत सम्भार तथा निरन्तरता दिने जिम्मा स्थानीय सरकारको भएको बताए।
प्रकाशित: २४ माघ २०७८, सोमबार