भारतीय अटो कम्पनी बजाजको इलेक्ट्रिक अटो रिक्शा २०२३ को सुरुमा लन्च हुने

  • Technology Khabar | २३ माघ २०७८, आईतवार
भारतीय अटो कम्पनी बजाजको इलेक्ट्रिक अटो रिक्शा २०२३ को सुरुमा लन्च हुने

काठमाडौं ।

भारतीय अटो कम्पनी बजाजको तीन पाङ्ग्रे अटोरिक्शा अर्को वर्षको सुरुमा भारतीय सडकमा गुडिरहेको देख्न सकिने भएको छ। विद्युतीय स्कुटर, मोटरसाइकल र चारपाङ्ग्रे सवारीसाधनपछि कम्पनीहरूले अब तीनपाङ्ग्रे सवारीसाधनमा पनि ईलेक्ट्रिक भेहिकल (ईभी) ल्याउने तयारी गरेका छन् ।

बजाज अटोले सन् २०२३ को पहिलो त्रैमासिकमा आफ्नो पहिलो विद्युतीय तीन पाङ्ग्रे अटो रिक्शा लन्च गर्ने घोषणा गरेको छ। यो इलेक्ट्रिक अटोरिक्सा धेरै मोडेलमा लन्च गर्न सक्नेछ। कम्पनीले कम यात्रुसहितको अटो रिक्शा, अधिक यात्रु बोक्ने अटो रिक्सा र कार्गो प्रकारको अटोरिक्साको लाइनअप सुरु गर्ने प्रक्रियामा रहेको जनाएको छ। तर सबैभन्दा पहिले थोरै यात्रु सवारी अटोरिक्साबाट सुरु गर्ने भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।

बजाज इलेक्ट्रिक अटो रिक्शाको काम लामो समयदेखि भइरहेको छ। यसका लागि कम्पनीले धेरै वर्षदेखि परीक्षण गरिरहेको छ। समाचारका अनुसार कम्पनीले कोरोना महामारी (कोभिड–१९) सुरु हुनुअघि नै यसलाई लन्च गर्ने तयारी गरेको थियो, तर महामारीपछि कम्पनीको सञ्चालनमा सुस्तता आएपछि आयोजनाले थप समय लियो।

रिपोर्टहरुकाअनुसार अब कम्पनी यो तीन पाङ्ग्रे गाडीको विकासको अन्तिम चरणमा पुगेको छ। बजाज अटोले सन् २०२२ को अन्त्यसम्ममा यस विद्युतीय तीनपाङ्ग्रे सवारीका लागि सबै स्वीकृति लिइसकेको हुने र २०२३ को शुरुमा ईभीलाई सडकमा लैजाने बताएको छ।

बजाजले हालै सार्वजनिक गरेको तथ्यांकले भारतको परम्परागत तीन पाङ्ग्रे सवारीको बजारमा कम्पनीको ६२ प्रतिशत बजार हिस्सा रहेको देखाएको छ।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार