अमेजनको शेयर मूल्यमा एकैदिन १९० अर्ब डलरको वृद्धि हुँदा रेकर्ड कायम

  • Technology Khabar | २३ माघ २०७८, आईतवार

काठमाडौं ।

फेसबुकको मालिक मेटा प्लेटफर्मले अमेरिकी कम्पनीको शेयर बजार मूल्यमा इतिहासकै सबैभन्दा गहिरो घाटा बेहोरेको एक दिनपछि, अमेजनले मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हासिल गरेको छ।

अनलाइन रिटेल र क्लाउड कम्प्युटिङ जाइन्टको सेयर शुक्रबार यसको ब्लोआउट त्रैमासिक रिपोर्टपछि १३.५ प्रतिशतले बढ्यो। यसका साथै व्यापारको अन्त्यमा कम्पनीले एकैदिन लगभग १९० अर्ब डलरले यसको बजार पूँजीकरण बिस्तार गर्यो।

रिफिनाइटको डाटाअनुसार आईफोन निर्माताको आफ्नै ब्लकबस्टर त्रैमासिक रिपोर्टपछि जनवरी २८ मा शेयर बजार मूल्यमा एप्पलको १८१ अर्ब डलरको रेकर्ड वृद्धिलाई यसले पछाडी पारेको छ।

अमेजनको मूल्य अहिले लगभग १.६ ट्रिलियन अर्थात १६ खर्ब डलर भएको छ। मेटा प्लेटफर्मको स्टक शुक्रबार ०.३ प्रतिशतले झरेको छ, यसको मूल्य लगभग ६६० अर्ब डलर पुगेको छ।

कम्पनीले अपेक्षा गरेभन्दा राम्रो मुनाफा रिपोर्ट गरेपछि अमेजनको शेयर उछाल आएको थियो र यसले यसको वार्षिक यूएस प्राइम सदस्यताहरूको मूल्य १७ प्रतिशत प्रतिशतले बढाएको बताएको थियो।

सामाजिक सञ्जाल जायन्टले निराशाजनक पूर्वानुमान जारी गरेपछि अमेरिकी कम्पनीको लागि सबैभन्दा ठूलो एकै दिनको गिरावटमा मेटा प्लेटफर्मको स्टक बजार मूल्य २०० अर्ब डलरले घट्यो।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया