
काठमाडौं ।
नेपाल टेलिकमले फोरजी एलटीई नेटवर्क बिस्तारसँगै भीओएलटी (VoLTE) सेवा व्यावसायीकरुपमा शुरु भएको जानकारी दिएकोछ।
कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा बैद्यले १८औं वार्षिकोत्सव अवसर पारेर आयोजित कार्यक्रममा ४जी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र डाटा सेवामा २जी, ३जी सेवामा भन्दा फोरजी सेवाको हिस्सा बढ्दो क्रममा रहेको जानकारी दिईन् ।
उनकाअनुसार फोरजी भ्वाइस अर्थात् भीओएलटी सेवा परीक्षणको रुपमा संचालन गर्दा नै ग्राहक आधार १० लाख भन्दा बढी पुगिसकेको छ। जसमा सक्रिय ग्राहक १ लाख ६० हजार भन्दा बढी छ। यसका साथै र बजारमा भीओएलटी सपोर्ट गर्ने मोबाइल फोनको वृद्धिसँगै यसको ग्राहक पनि बढ्दै जाने अपेक्षा गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले भोल्टे समेत भनिने भीओएलटी सेवाको व्यावसायिक शुभारम्भ गरेका थिए।
यसरी गर्नुस एक्टिभ
माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# (*444#) डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ ।
यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखापर्दछ । भीओएलटीईको संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ ।
आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा [email protected] मा इमेल पठाउन पनि सकिने कम्पनीले जनाएको छ ।
यो पनि हेर्नुस्-
यी हुन् नेपाल टेलिकमको भीओएलटीई सपोर्ट गर्ने डिभाइस, तपाईँको स्मार्टफोन छ कि छैन् हेर्नुस् सूची
प्रकाशित: २२ माघ २०७८, शनिबार