मेटाको आम्दानी घटेसँगै मार्क जुकरबर्गले एकैदिनमा गुमाए ३१ अर्ब डलर

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
मेटाको आम्दानी घटेसँगै मार्क जुकरबर्गले एकैदिनमा गुमाए ३१ अर्ब डलर

काठमाडौं ।

मेटा प्लेटफर्म्स इंकको चौथो त्रैमासिक नतिजा अपेक्षाभन्दा कम आएपछि मार्क जुकरबर्गको सम्पत्ति एकैदिन ३१ अर्ब डलरले घटेको छ। जुकरबर्गको सम्पत्तिमा यो सबैभन्दा ठूलो एकदिवसीय गिरावट हो।

मेटा स्टकमा बुधबार ऐतिहासिक गिरावट देखिएको थियो। अघिल्लो त्रैमासिकको तुलनामा मासिक फेसबुक प्रयोगकर्तामा कुनै वृद्धि नहुँदा कम्पनीको भविष्यको वृद्धिबारे चिन्ता बढिरहेको छ जसले गर्दा बिहीबार बिहान मेटा शेयर २४ प्रतिशतले घटेको थियो।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सकाअनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको सम्पत्ति ठूलो गिरावटका कारण ९२ अर्ब डलरमा झरेको छ, जुन बुधबार बजार बन्द हुने समयमा १२०.६ अर्ब डलर रहेको थियो।

३७ वर्षीय जुकरबर्गलाई सन् २०१५ को जुलाईदेखि पहिलो पटक विश्वको शीर्ष १० धनी व्यक्तिहरुको सूचीबाट हटाउनको लागि सम्पत्तिमा यस्तो गिरावट पर्याप्त छ।

सेयरमा आएको कमीका कारण ३१ अर्ब डलरको सम्पत्तिको नोक्सानी एकै दिनमा भएको दोस्रो ठूलो नोक्सानी हो । यसअघि नोभेम्बरमा, संसारका सबैभन्दा धनीहरू मध्ये एक, इलन मस्कलाई अझ ठूलो क्षति भएको थियो। उनले एकै दिनमा ३५ अर्ब डलरको सम्पत्ति गुमाएका थिए। यो सबै ट्विटर पोल पछि भएको थियो जसमा मस्कले मानिसहरूलाई कम्पनीमा आफ्नो १० प्रतिशत सेयर बेच्ने कि नबेच्ने भनेर सोधे।

जुकरबर्गका साथै मेटा सह-संस्थापकहरूले पनि आफ्नो व्यक्तिगत सम्पत्तिमा अभूतपूर्व गिरावटको सामना गरिरहेका छन्। विश्वका ७९औँ धनी व्यक्ति डस्टिन मोस्कोभिट्जको बुधबारसम्म २१.२ बिलियन डलरको कुल सम्पत्तिका साथ झण्डै ३ अर्ब डलर घाटा भएको थियो। एडुआर्डो साभेरिनले ४ अर्ब डलर नोक्सान बेहोरेका छन् र उनको कुल सम्पत्ति १७.५ अर्ब डलर छ।

ब्लूमबर्गद्वारा संकलित डाटा अनुसार, मेटाका प्रमुख अपरेटिङ अफिसर शेरिल स्यान्डबर्गको व्यक्तिगत सम्पत्ति २.५ अर्ब डलरमा १० करोड डलरभन्दा बढीले घटेको छ। यद्यपि, स्यान्डबर्गको सम्पत्ति जुकरबर्गको भन्दा कम्पनीको स्टकमा कम केन्द्रित छ।

मेटाको आयमा देखिएको यो कमीले यसको चुनौतीहरू थप्छ। कम्पनीले धेरै नियामकहरुसँग लडाईहरू लडिरहेको छ। कम्पनीले आफ्नो नाम परिवर्तन गरेर मेटा राख्ने प्रयास पनि गरिरहेको छ।

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...