टेलिकम टावर हावाहुरीले लडायो

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
टेलिकम टावर हावाहुरीले लडायो
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

इलामको रोङ गाउँपालिकास्थित भालुझोडामा रहेको नेपाल टेलिकमको टावर हावाहुरीले लडाएको छ। शुक्रबार बिहानबाट वर्षासँगै आएको हावाहुरीले भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको हो।

मेची राजमार्ग नजिकै रहेको नेपाल टेलिकमको फोरजी टावर लडाएको स्थानीय गणेश अर्यालले जानकारी दिए।

हावाहुरीले राजमार्ग आसपास रहेका रूखसमेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको स्थानीयले जानकारी दिएका छन्। टेलिकमको टावर लडाएपछि उक्त क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ।

यस्तै हावाहुरीले पशुपतिनगरलगायतका क्षेत्रमा बिजुलीका पोल लडाएको छ। इलामको सन्दकपुरलगायतका उच्च क्षेत्रमा लगातार हिमपात भैरहेको छ। गोरखापत्र

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार