नेपाल टेलिकम १८औं वार्षिकोत्सव मनाउँदै, यस्ता छन सेवा बिस्तार र वितरणका कार्यक्रमहरु

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
नेपाल टेलिकम १८औं वार्षिकोत्सव मनाउँदै, यस्ता छन सेवा बिस्तार र वितरणका कार्यक्रमहरु
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आज आफ्नो १८औं वार्षिकोत्सव मनाउँदैछ। सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले वार्षिकोत्सवको अवसर पारेर आफूले गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा समेत जानकारी दिएको छ।

दूरसञ्चार क्षेत्रलाई खुला र प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ रभरपर्दो अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको हो। वि.सं. १९७३ मा ओपन वायर म्याग्नेटो सिस्टम प्रयोग गरी मुलुकमा दूरसञ्चार सेवा प्रारम्भ भएको हो।

टेलिकमकाअनुसार कम्पनीको ग्राहक आधार २०७८ मंसिर महिनाको अन्त्यसम्ममा २ करोड २७ लाख ८८ हजार भन्दा बढी रहेको छ। सो मध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख ३० हजार रहेका छन् ।

त्यसैगरी कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कुल २ करोड २० लाख ९७ हजार ६ सय भन्दा बढी पुगेका छन् । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएल सेवाका प्रयो गकर्ता १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् ।

यस बाहेक कम्पनीले गरिरेहका सेवा विस्तार तथा वितरणका कार्यक्रमहरु बारेमा समेत जानकारी दिएको छ। जून यस प्रकार छन्ः

  • कम्पनीले वायरलेस ब्रोडब्यान्ड अर्थात फोरजी/एलटीई सेवालाई देशव्यापीरुपमा सञ्चालन एवम् विस्तार गरिरहेको छ। हालसम्म ७७ जिल्ला तथा करिब ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ स्थानमा सेवा सञ्चालन भएको छ। कोर नेटवर्कतर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ। नेटवर्क १ तर्फको कुल भौतिक प्रगति ९१ प्रतिशत रनेटवर्क २ तर्फको कुल भौतिक प्रगति ९५ प्रतिशत छ। ६४० नयाँ टावरमध्ये ५०१ ओटा टावर जडान गर्ने कार्य सम्पन्न भइसकेको र सो मध्ये ४५१ टावरबाट सेवा सञ्चालन भइसकेको छ।
  • नेपाल टेलिकमले वृहत रुपमा एफटीटीएच सेवा विस्तार तथा पुरानो कपर नेटवर्कलाई बिस्थापन गर्ने लक्ष्य अनुसार देशव्यापी रुपमा फाइबर नेटवर्कजडान गर्ने कार्य विगत केही वर्षदेखि गर्दै आएको छ । कम्पनीले चालु आ.व. ०७८/७९ लाई एफटीटीएच वर्ष घोषणा गरेको छ र यो अवधिमा करिव थप ४ लाख ५० हजार लाइनको योजना तयार गरी करिव ४ लाख लाइनको वितरण योग्य नेटवर्क विस्तार गर्ने योजना रहेको छ। त्यसैगरी माइग्रेसन तथा नयाँ लाइन समेत गरी २ लाख २६ हजार एफटीटीएच लाइन वितरण गर्ने लक्ष्य रहेको छ। चालु आ.व.को पुस सम्मको ६ महिना अवधिमा करिव २ लाख ७९ हजार लाइनको योजना तयार गरी करिब १ लाख ९९ हजार लाइनका लागि वितरणयोग्य नेटवर्क तयार भइसकेको छ। त्यस्तै वितरणतर्फ यसै आ.व.मा करिब १ लाख ५ हजार थप ग्राहकलाई एफटीटीएच वितरण गरिसकिएको छ। हालसम्म समग्रमा कम्पनीले कुल १२ लाख लाइनको यो जना तयार गरी करिव ७ लाख २२ हजार वितरण योग्य नेटवर्क तयार गरी करिव ३ लाख ४८ हजार ग्राहकलाई एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ।
  • नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता बमोजिम कम्पनीले दुईवर्ष को अवधिमा हालको प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा करिब२,१०० किलोमिटर र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा करिब १,४०० किलोमिटरअप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको छ। यस बीचमा कोभिडलगायतका विभिन्न समस्या भए पनि आयोजनाले करिब ३ वर्षको अवधिमा करिब ५१ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ। आगामी दिनमा आयोजनाको कार्य द्रूतगतिमा सम्पन्न हुने र समयावधि भित्रै उदाहरणीय प्रगति हासिल गर्न सकिने विश्वास गरिएको छ ।
  • नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले राष्ट्रिय बाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो सहायक कम्पनीकोरुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीमार्फत गत २०७८ भाद्र २९ देखि ‘नमस्ते पे’ सेवा सञ्चालन गरेको छ। हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने कार्य भइरहेको छ।
  • कम्पनीले विगत देखि नै दुर्गम र अति विकट क्षेत्रमा समेत विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराइरहेको छ। प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै कतिपय स्थानमा हेलिकप्टरबाट सामान ढुवानी गरेर समेत सेवा उपलब्ध गराएको छ।

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार