
काठमाडौं ।
मोजिल्लाले भर्चुअल तथा अग्मेन्टेड रियालिटी वेब ब्राउजर फायरफक्स रियालिटी बन्द गर्ने भएको छ।
बाहिरी कम्पनी इग्लियाले यसकै सोर्सकोड प्रयोग गरेर नयाँ वेब ब्राउजर डेभलप गरिरहेको र यसलाई कम्पनीले अर्को हप्ता फायरफक्स रियालिटीजस्तै वोल्भिक नामको भीआर/एआर ब्राउजर सार्वजनिक गर्ने भएकाले मोजिल्लाले यसलाई बन्द गर्न लागेको द भर्जले जनाएको छ।
यसैबीच मोजिल्लाले आफ्ना एपस्टोरबाट केही हप्ताभित्रै फायरफक्स रियालिटी हटाइसक्ने बुझिएको छ।
हालै एउटा ब्लगपोस्टमा मोजिल्लाले यो परिवर्तन २०१८ मा आएको फायरफक्स रियालिटीको प्राकृतिक उद्विकास भएको उल्लेख गरेको छ।
‘हामी नयाँ प्रविधि विकास गर्ने बाटोमा छाैं’, इग्लियाले वेबभीआर तथा वेबएआर मापदण्डलाई उद्धृत गर्दै भनेको छ, ‘केही क्षेत्रहरुमा मोजिल्ला ती नयाँ प्रविधिको आयोजक तथा परिचारक रहनेछ। अन्य प्रविधिहरुका साथमा हामी आफ्ना उत्पादनहरु निरन्तर रुपमा फस्टाउन सक्ने तथा वेबलाई योगदान पुर्याउन सक्ने समुदाय तथा संस्थाहरुको खोजी गर्दैछाैं’
प्रकाशित: २२ माघ २०७८, शनिबार