के भारतीय माइक्रोब्लगिङ साइट कू ले उछिन्ला ट्विटरलाई?

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
के भारतीय माइक्रोब्लगिङ साइट कू ले उछिन्ला ट्विटरलाई?

काठमाडौं ।

ट्विटरको भारतीय विकल्प कूले भारतमा ट्विटरको २ करोड ५० लाख यूजरको आँकडालाई उछिन्ने अपेक्षा गरेको छ।

कम्पनीका सह संस्थापक मायांक बिदावात्काले सन् २०२१ को अन्त्यसम्ममा २ करोड यूजर पुगेको र छिट्टै अर्को ५० लाख पनि थपिने अपेक्षा रहेको बताएका छन्।

‘हामी अंग्रेजीसहित १० ओटा भाषामा उपलब्ध छो। यो वर्ष हामी भारतका सबै २२ भाषालाई समेट्ने योजनामा छो’, उनले बेंग्लोरको दक्षिणी शहरमा रहेको कम्पनीको मुख्यालयबाट जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।

गत वर्ष भारत सरकार तथा अमेरीकी माइक्रोब्लगिङ साइट ट्विटरबीचको विवादपछि कू ट्विटरको विकल्पका रुपमा निकै चर्चामा आएको थियो।

त्यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ट्विटरलाई कथित विवादास्पाद एकाउन्टहरु हटाउन भनेको थियो। ट्विटरले पहिले तिनीहरुलाई हटाएर पछि पर्याप्त प्रमाण नपुगेको भन्दै रिस्टोर गरेको थियो।

यो विवाद सरकारले कम्पनीका भारतमा रहेका कर्मचारीमाथि कानूनी कारबाही गर्ने चेतावनी दिएपछि अझै लम्बिएको थियो।

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार