
काठमाडौं ।
नेपाल डिजिटल पेमेन्ट्सको नमस्ते पेले आफ्ना ग्राहकहहरुको लागि एमआई स्मार्टवाच अफर ल्याएको छ। नमस्ते पेले एक चोटी होईन दुई चोटी होईन अब हरेक चोटी नाममा नयाँ अफर सार्वजनिक गरेको हो।
कम्पनीले प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई एमआई स्मार्टवाच लाइट दिने भएको हो ।
कम्पनीले प्रत्येक पटक नेपाल टेलिकमका रु ५० रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक समेत दिने भएको छ । त्यसैगरी १० प्रतिशत क्यासब्याक असिमितरुपमा दिने जनाएको छ।
यो अफर फेब्रुअरी ३ अर्थात बिहिबारदेखि मार्च ३ तारिखसम्म लागू हुने जनाएको छ।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार