सीजी नेटले प्रयोगकर्ताहरूलाई १५ दिन ‘फ्री ट्राईल’ दिने

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
सीजी नेटले प्रयोगकर्ताहरूलाई १५ दिन ‘फ्री ट्राईल’ दिने

काठमाडौं ।

सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ। यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले बताएको छ।

यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले जनाएको छ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए। उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

सीजी नेटले हाल ९ सय ९९ रुपैयाँ प्रति महिनामा १२० एमबीपीएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ प्रति महिनामा पचास एमबीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ। न्यून शुल्कमा गुणस्तरिय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफुहरु रहेको कम्पनीले बताएको छ।

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...