२० खर्ब डलर क्लबमा पुग्ने तेस्रो कम्पनी बन्यो अल्फाबेट

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
२० खर्ब डलर क्लबमा पुग्ने तेस्रो कम्पनी बन्यो अल्फाबेट

काठमाडौं ।

गुगलको मूल कम्पनी अल्फाबेट इंकको पुँजी एप्पल र माइक्रोसफ्टको झैं २० खर्ब डलर पुगेको छ।

त्रैमासिक आम्दानी रिपोर्ट प्रकाशित भएसँगै बुधबार उक्त सर्च जायन्टको शेयर मूल्य ८ प्रतिशतले बढेपछि उसले पनि आफ्ना प्रतिद्वन्द्वी एप्पल र माइक्रोसफ्टको २० खर्ब डलरको गन्तव्य पहिल्याएको हो।

अल्फाबेटको शेयर बुधबार अन्तिम कारोबार २,९७५ डलरको भएको थियो जुन पछिल्ला दुई वर्षमा भएको सर्वाधिक एक दिनको प्रतिशत वृद्धि रहेको ग्याजेट्स एन्डीटीभीले जनाएको छ।

उक्त दिनको ट्रेडिङ सेसन शुरुवात भएपछि अल्फाबेटको शेयर बजार मूल्य २० खर्ब डलर नाघेको थियो भने कारोबार समयको अन्त्यमा यो आँकडा १९ खर्ब ७० अर्ब डलर रहेको थियो।

कम्पनीको यो आँकडामा शेयर बजारमा कारोबार नहुने र कम्पनीभित्रैका व्यक्तिहरुले लिएको क्लास बी शेयरहरुको मूल्य पनि समावेश छ।

२० खर्ब डलरभन्दा माथि बजार मूल्य पुगेको अल्फाबेटका लागि पहिलो पटक हो।

‘२०२२ को शुरुवातमा प्रविधि क्षेत्रमाथि २ दशक अगाडि भएको डटकम क्र्याशपछिको ठूलो प्रश्न उठेको थियो’,एजे बेलका लगानी निर्देशक रुस मोडले भने।

उनका अनुसार ठूला र उच्च गुणस्तरका अमेरिकी प्रविधि कम्पनीले भने आफ्ना आम्दानीमा बढोत्तरी गर्दै क्षेत्रमाथि उठेका प्रश्नको सही तरिकाले जवाफ दिएका छन्।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार