वर्महोलबाट ३२ करोड डलर मूल्यको ईथर ह्याक, फिर्ता गर्न ह्याकरलाई १ करोड डलरको अफर

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
वर्महोलबाट ३२ करोड डलर मूल्यको ईथर ह्याक, फिर्ता गर्न ह्याकरलाई १ करोड डलरको अफर

काठमाडौं ।

पछिल्लो समय क्रिप्टोकरेन्सी उद्योगमा साइबर आपराधिक गतिविधिहरु बढिरहेको देखिन्छ। विश्वभरका कानुनी अधिकारीहरूले साइबर आक्रमणमा वृद्धि भएको बारे लगानीकर्ताहरूलाई चेतावनी दिएका छन्।

यसैबीच, वर्महोल नामक एक क्रिप्टो प्लेटफर्म साइबर ह्याकिङको पछिल्लो शिकार भएको छ। फर्मले ३२ करोड २० लाख डलर मूल्यको ईथर गुमाएको छ। आफ्नो आधिकारिक वेबसाइट “मेन्टेनेन्स मोड” मा राखेपछि कम्पनीले आफ्नो ट्विटर ह्यान्डल मार्फत यो जानकारी साझा गरेको हो।

वर्महोल पोर्टलले मानिसहरूलाई ईथेरियममा आधारित स्मार्ट अनुबंधको साथ एउटा क्रिप्टोकरन्सीबाट अर्कोमा स्विच गर्न दिन्छ। प्लेटफर्मले इनपुट क्रिप्टोकरेन्सीलाई अस्थायी आन्तरिक टोकनमा, र त्यसपछि प्रयोगकर्ताहरूले छनौट गरेका अन्य क्रिप्टोकरन्सीहरूमा रूपान्तरण गर्दछ। त्यस्ता पोर्टलहरूलाई “ब्लकचेन ब्रिज” पनि भनिन्छ।

द रेकर्डको रिपोर्टले बताएअनुसार अज्ञात ह्याकरले वर्महोल नेटवर्कलाई सानो इनपुटको सट्टा ठूलो मात्रामा ईथर र सोलाना सिक्का जारी गर्न ठग्यो। सो ह्याक आक्रमणको सही तरिकाको बारेमा जानकारी अहिले साझा गरिएको छैन।

वर्महोलको पछिल्लो ट्विटर अपडेटअनुसार, बिहीबार, फेब्रुअरी ३ मा सो इस्यू फिक्स गरिएको छ।

वर्महोल एक साइट हो, जसले एक क्रिप्टो नेटवर्कबाट अर्कोमा जानकारी हस्तान्तरण गर्न अनुमति दिन्छ। यसले बुधबार ट्विटरमा दोस्रो सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ईथरको संस्करणको १२०,००० इकाईहरूको लागि “एक्सप्लोइट” भएको थियो।

यसैबीच, कम्पनीले ह्याकरलाई चोरी भएको रकम फिर्ता गर्न मनाउने प्रयास जारी राखेको छ। बदलामा कम्पनीले ह्याकरलाई १ करोड डलर अफर गरेको छ ।

विगत दुई हप्तामा ब्लकचेन ब्रिजमा भएको यो दोस्रो साइबर आक्रमण हो।गत हप्ता, क्युबिट फाइनान्सको नेटवर्क ह्याकरहरूले ह्याक गरेका थिए । जसमा कम्पनीले ८ करोड डलर बराबर गुमाएको थियो।

क्युबिटले पनि एक अज्ञात ह्याकरलाई ट्विटरमार्फत रकम फिर्ता गर्न अनुरोध गरेको छ, र कम्पनीले उसलाई बदलामा पुरस्कृत गर्न सहमत भएको छ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार