भारतमा भारु ३ सय करोडको बिटक्वाइनका लागि प्रहरीद्वारा क्रिप्टो व्यापारीको अपहरण

  • Technology Khabar | २० माघ २०७८, बिहीबार
भारतमा भारु ३ सय करोडको बिटक्वाइनका लागि प्रहरीद्वारा क्रिप्टो व्यापारीको अपहरण

काठमाडौं ।

छिमेकी देश भारतको महाराष्ट्र राज्यका एक प्रहरी जवानमाथि पुणेमा एक सेयर कारोबार गर्ने व्यापारीलाई अपहरण गरेको आरोप लागेको छ। महाराष्ट्र प्रहरीका एक हवल्दार दिलीप तुकाराम खान्डारे अपहरणको मास्टरमाइन्ड भनिएको छ र उनी पनि पक्राउ परेका छन् । आरोपितले साइबर क्राइम सेलमा काम गरेका थिए, जसका कारण उनलाई स्टक ट्रेडर विनय नाइकसँग ३०० करोडको बिटक्वाइन रहेको थाहा भएको थियो ।

भारतीय मिडिया एनडीटीभीले समाचार एजेन्सीलाई उद्धृत दिएको जानकारीअनुसार पुणेमा महाराष्ट्र पुलिसका एक जवानले व्यापारीबाट ४ करोड डलर  अर्थात करिब ३०० करोड भारु मूल्यको बिटक्वाइन लिने उद्देश्यले एक व्यापारीलाई अपहरण गर्ने योजना बनाए। यसबाहेक आठ लाख रुपैयाँ नगद फिरौती पनि मागिएको थियो ।

साइबर क्राइममा काम गरेका अभियुक्त हवल्दारलाई यस अपहरणको मुख्य योजनाकार भनिएको छ भने उनीसँगै अन्य ७ जना पनि अहिले पक्राउ परेका छन् । यी आठ आरोपीले मिलेर १४ जनवरीमा पुणेको एक होटलबाट व्यापारी विनयलाई अपहरण गरेका थिए ।

यसपछि बुधबार पुणे प्रहरी जोन-२ का डेपुटी कमिश्नर (डीसीपी) आनन्द भोईटेले कन्स्टेबल दिलीप तुकाराम खान्डारेका साथै सुनील राम शिन्दे, वसन्त श्याम चव्हाण, मयुर महेन्द्र शिर्के, फ्रान्सिस टिमोटी डिसुजा, सञ्जय उर्फ ​​निक्की राजेश बंसललाई पक्राउ गरिएको समाचारमा उल्लेख छ। त्यसैगरी प्रदीप काशीनाथ काटे र शिरीष चन्द्रकान्त खोत पक्राउ परेका छन्।

रिपोर्टकाअनुसार पिम्परी चिन्चवडका प्रहरी आयुक्त कृष्ण प्रकाशले घटनाका मुख्य योजनाकार दिलीप तुकाराम खान्डारेले विनय नाइक अपहरणपछि बिटक्वाइन बेच्ने प्रयास गरेको बताए। नाइक बेपत्ता भएपछि उनका एक साथीले अपहरणको उजुरी दिएका थिए, त्यसपछि प्रहरीको तत्काल कारबाहीले समातिने डरले अभियुक्तले विनयलाई छोडेका थिए।

आयुक्तले थपे कि मुख्य योजनाकार आरोपी पिम्परी चिंचवड आयुक्तको कार्यालयमा काम गर्थे। उनले मोबाइल फोरेन्सिक्स, बेसिक हार्डवेयर र नेटवर्क टेक्नोलोजी, एडभान्स्ड साइबर क्राइम इन्भेस्टिगेशन लगायतका धेरै प्रविधि सम्बन्धी पाठ्यक्रमहरू अध्ययन र तालिम गरेको बताईएको छ। अपहरण गर्न उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै अचानक बिदासमेत लिएका थिए।

प्रकाशित: २० माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार