काठमाडौं ।
आइरन ओरका मालिक एन्ड्रयू फरेस्टले बिहीबार अष्ट्रेलियाको अदालतमा मेटा प्लेटफर्म इंक फेसबुक विरुद्ध आपराधिक कार्यवाहीमा मुद्दा हालेका छन् । उनले कम्पनीलाई एन्टी मनी लान्ड्रिंग कानून उल्लङ्घन गरेको आरोप लगाएका छन र यसको प्लेटफर्म अस्ट्रेलियालीहरूलाई घोटाला गर्न प्रयोग गरिएको बताएका छन्।
फोरेस्ट, अष्ट्रेलियाको सबैभन्दा धनी व्यक्ति र फोर्टेस्क्यु मेटल्स ग्रुपका अध्यक्ष हुन् । उनले क्रिप्टोकरेन्सी योजनाहरू प्रवर्द्धन गर्न आफ्नो तस्बिर प्रयोग गर्नेहरू जस्ता क्लिकबाइट विज्ञापन स्क्यामहरूमा पैसा गुमाउने मानिसहरूलाई रोक्नको लागि कारबाही गरिरहेको बताएको रोयटर्सले जनाएको छ।
वेस्टर्न अष्ट्रेलियाको म्याजिस्ट्रेट अदालतमा फोरेस्टले दायर गरेको मुद्दामा फेसबुकले “अपराध गर्न आफ्नो प्रणालीलाई प्रयोग हुनबाट रोक्नको लागि नियन्त्रण वा कर्पोरेट संस्कृति सिर्जना गर्न असफल भएको” आरोप लगाएका छन्।
अष्ट्रेलियाली प्रयोगकर्ताहरूलाई ठगी गर्न स्क्याम विज्ञापनहरू पठाउनको लागि अपराधीहरूलाई यसको सोशल मिडिया प्लेटफर्म प्रयोग गर्नबाट रोक्न पर्याप्त कदमहरू नउठाएर फेसबुकले आपराधिक रूपमा लापरवाह भएको आरोप पनि लगाएका छन्।
फरेस्टले नोभेम्बर २०१९ मा प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई लेखेको खुला पत्रसहित लगानी योजनाहरू प्रवर्द्धन गर्न आफ्नो तस्बिर प्रयोग गर्नबाट रोक्न फेसबुकलाई अनुरोध गरेको धेरै समयपछि मुद्दा आएको हो।
फेसबुकले सामान्यतया यसले त्यस्ता विज्ञापनहरू देखा पर्नबाट रोक्नको लागि सधैं “बहुपक्षीय दृष्टिकोण” लिएको र विज्ञापनदाताहरूलाई अवरुद्ध गरेको दाबी गरेको छ।
केही विज्ञापनहरू, जसले फरेस्टको तस्बिर प्रयोग गरेको छ र क्रिप्टोकरेन्सी लगानी योजनाहरू प्रवर्द्धन गर्ने दाबी गरेको छ, मार्च २०१९ देखि फेसबुकमा देखा परेको मुद्दामा उल्लेख छ।
“यो कारबाही ती दैनिक अष्ट्रेलियालीहरूको तर्फबाट लिइएको हो – आमा र बुबा, नातिनातिना र हजुरबुबा – जसले आफ्नो जीवनभर आफ्नो बचत जम्मा गर्न र ती बचतहरू घोटाला गर्नेहरूले लुटेको छैन भनेर सुनिश्चित गर्न काम गर्छन्,” फोरेस्टले एक विज्ञप्तिमा भने।
प्रकाशित: २० माघ २०७८, बिहीबार