शाओमी इन्डियाले १० ‌ओटा डिभाइसमा एमआईयूआई अपडेट ल्याउने

  • Technology Khabar | २० माघ २०७८, बिहीबार

काठमाडौं ।

शाओमी इण्डियाले बिहीबार आफ्नो एमआईयूआई १३ रोडम्याप सार्वजनिक गरेको छ।

उक्त रोडम्याप अनुसार १० ओटा स्मार्टफोनमा पहिलो चरणमा यसै महिनाको अन्त्यसम्म नयाँ इन्टरफेस उपलब्ध भइसक्ने जीएसएमएरिनाले जनाएको छ।

यी १० ओटा डिभाइसहरुमा ४ ओटा एमआई ११ तथा २ ओटा शाओमी ११ गरी ६ ओटा ११ सिरिजका र४ ओटा रेडमी भेरियन्टका स्मार्टफोन रहने बुझिएको छ।

यस्तो छ २०२२ को पहिलो त्रैमासमा एमआईयूआई १३ अपडेट पाउने डिभाइसको सूची:

  • शाओमी एमआई ११ लाइट
  • शाओमी एमआई ११ अल्ट्रा
  • शाओमी एमआई ११ एक्स
  • शाओमी एमआई ११ एक्स प्रो
  • शाओमी ११ टी प्रो
  • शाओमी ११ लाइट एनई फाइभजी
  • शाओमी रेडमी नोट १० प्रो म्याक्स
  • शाओमी रेडमी नोट १० प्रो
  • शाओमी रेडमी नोट १०
  • शाओमी रेडमी नोट १० प्राइम

प्रकाशित: २० माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार