आईओटी इन्कर्पोरेशनले नेपालमा ल्यायो पर्पल ब्राण्डका स्मार्टवाच

  • Technology Khabar | २० माघ २०७८, बिहीबार
आईओटी इन्कर्पोरेशनले नेपालमा ल्यायो पर्पल ब्राण्डका स्मार्टवाच

काठमाडौं ।

आईओटी इन्कर्पोरेशनले पर्पल ब्राण्डका स्मार्टवाच नेपालमा सार्वजनिक गरेको छ।

शारदा ग्रुप अन्तर्गत रहेको वत्सल इम्पेक्सको भगिनी संस्था आईओटी इन्कर्पोरेशनले आफ्नै पर्पल ब्राण्ड अन्तर्गत तीन ओटा स्मार्टवाच सार्वजनिक गरेको हो।

पर्पल अल्फा, पर्पल स्टर्म तथा पर्पल ट्रेण्ड नाम गरेका यी तीन स्मार्टवाच फेब्रुअरी ३ अर्थात् आजदेखि निश्चित कन्जुमर इलेक्ट्रोनिक्स रिटेलरमार्फत् नेपाली बजारमा उपलब्ध गराएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

‘हामीले आफ्नै ब्राण्डको स्मार्टवाचमार्फत् व्यवसाय वृद्धिको नयाँ युगको शुरुवात गरेकाले २०२२ पर्पलका लागि निकै महत्वपूर्ण छ’, पर्पलका संस्थापक निर्देशक नितेशकुमार मुन्द्राले भने।

उनले यो वर्षलाई विद्यमान स्मार्टवाच प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने तथा नयाँ यूजरहरु आकर्षण गर्ने आफ्नो प्रयासमा नयाँ युगको शुरुवातका रुपमा देख्न चाहेको बताएका छन्।

मुन्द्राका अनुसार यही सोचका कारण यो नयाँ वर्षमा थुप्रै फिचरयुक्त पर्पल अल्फा, पर्पल स्टर्म तथा पर्पल ट्रेण्डलाई पहिलो चरणमा बजारमा ल्याइएको हो।

यो वर्ष आफ्ना बिक्री तथा सर्भिस नेटवर्कका बारेमा ठूला योजना र रणनीति बनाउने जानकारी दिँदै मुन्द्राले त्यसका लागि महत्वपूर्ण कदम चालिसकिएको बताए।

पर्पल ब्राण्डका स्मार्टवाचमा हालसम्म अन्य कुनै ब्राण्डे दिन नसकेको १ वर्षको वारेण्टी दिइने कम्पनीको दावी छ।

कम्पनीले पर्पल अल्फाको मूल्य ८, ४९९, पर्पल स्टर्मको ७,९९९ तथा पर्पल ट्रेण्डको ६, ४९९ तोकेको छ।

प्रकाशित: २० माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार