
काठमाडौं ।
शाओमी नेपालका एसोसियट डाइरेक्टर साैरभ कोठारीले फेब्रुअरीपछि आफ्नो पद छाड्ने भएका छन्।
आज सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति पोस्ट गर्दै आफूले शाओमीमै अर्को जिम्मेवारी पाएकाले विद्यमान पद र जिम्मेवारी छोड्नुपरेको बताएका हुन्।
उनका अनुसार आगामी मार्च १ देखि अमित पाण्डाले नयाँ कन्ट्री जनरल म्यानेजरका रुपमा जिम्मेवारी सम्हाल्नेछन्।
कोठारीले आगामी अवसरहरुका बारेमा उत्साहित रहेको उल्लेख गर्दै आफूले ७ वर्षदेखि नजिकबाट चिनेका पाण्डाको नेतृत्वमा शाओमी नेपालले प्रगति गर्नेमा विश्वस्त रहेको बताएका छन्।
करिब साढे तीन वर्षअघि नेपालमा शाओमी ब्रान्ड स्थापित गर्ने शाओमी नेपालको एसोसियट डाइरेक्टरको जिम्मेवारी सम्हालेका कोठारीले पछिल्ला दुई वर्षमा यो ब्रान्ड अग्रणी रहेको दावी गरेका छन्।
कोठारीले आफ्नो कार्यकालमा स्मार्टफोन बाहेक एयर प्युरिफायर, एमआई टीभी, फिटनेस ब्याण्ड लगायतका अन्य ग्याजेटहरु पनि नेपाली बजारमा स्थापित गरेको उल्लेख गरेका छन्।
उनले यसबीचमा ब्राण्डको सफलताका लागि सहयोग पुर्याउने २ हजारभन्दा बढी साझेदारहरुलाई धन्यबाद दिँदै पाण्डाको टिमलाई साझेदार, फ्यान तथा मित्रमण्डलीका तर्फबाट सहयोग र समर्थन मिलिरहोस् भन्ने कामना पनि गरेका छन्।
प्रकाशित: २० माघ २०७८, बिहीबार