
काठमाडौं ।
स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग हो। मानिसहरू यसलाई यति धेरै प्रयोग गर्छन् कि तिनीहरू राती आफ्नो सिरानीमा राखेर सुत्छन्। स्मार्टफोनले काम गर्नका लागि धेरै हदसम्म सजिलो बनाएको छ। प्रयोगकर्ताहरूले आफ्नो दायरामा वा उनीहरूको बजेटमा भन्नुपर्दा धेरै फोनहरू पाउँछन्।
मानिसहरुले आफ्नो क्षमताअनुसार फोन किन्ने गर्दछन तर तर कहिलेकाहीँ हामी हाम्रो फोनको हेरचाह गर्न सक्षम हुँदैनौं। तसर्थ, हामीले हाम्रो फोनको उचित हेरचाह गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाइँ आफ्नो स्मार्टफोन लामो समयसम्म सही अवस्थामा राख्न चाहनुहुन्छ भने, तपाइँले केहि चीजहरूको ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ।
यहाँ हामी तपाईलाई आफ्नो आईफोन वा एन्ड्रोइड फोनलाई राम्रोसँग सुरक्षित राख्न सक्ने केही उपायहरूबारे बताइरहेका छौं।
उपयुक्त केस किन्नुहोस्
फोन झर्नु सबैभन्दा सामान्य दुर्घटनाहरू मध्ये एक हो। यो कुनै पनि समय र जो कोहीसँग हुन सक्छ। यसले स्क्रिन, बडी वा कभर फुट्ने जस्ता चीजहरू निम्त्याउँछ। त्यसैले, तपाईंले आफ्नो फोन सुरक्षित गर्न केस वा अतिरिक्त कभर खरिद गर्नुहोस्। केसले तपाईको स्क्रिन क्र्याक हुनबाट बचाउने मात्र नभई यसले तपाईको फोनलाई आद्रताबाट पनि जोगाउँछ। यसले घाम वा फोहोरको जोखिमबाट पनि बचाउँछ। तपाइँ आफ्नो फोन मोडेलमा आधारित स्तरिय केस छनोट गर्न सक्नुहुन्छ।
स्क्रिन गार्डको प्रयोग गर्नुहोस्
तपाईंको फोन सुरक्षित राख्नको लागि केस मात्र महत्त्वपूर्ण कुरा होइन। मोबाइल फोनको स्क्रिन धेरै सेन्सेटिभ हुन्छ र अलिकति लापरवाहीले यसलाई बिगार्छ वा क्र्याक हुनसक्छ। तपाईंले स्क्रिन प्रोटेक्टर प्रयोग गरेर आफ्नो फोनको स्क्रिन सुरक्षित गर्न सक्नुहुन्छ। तपाईंको फोन खसे पनि यसले तपाईंको स्क्रिनलाई सुरक्षित गर्नेछ।
अपडेट गर्नुहोस् र आफ्नो एपहरू सफा राख्नुहोस्
हामी हाम्रा स्मार्टफोनहरूमा धेरै एपहरू प्रयोग गर्छौं, जसमध्ये केही निर्माताद्वारा प्रि इन्स्टल गरिएका हुन्छन्। एकै समयमा, यी मध्ये केही हामीले आफैं इन्स्टल गर्छौं। यी एपहरु नियमित रूपमा अद्यावधिक गर्नुपर्छ। यी सबै एपहरू नयाँ मालवेयर जस्ता खतराहरूबाट जोगाउन अपडेट दिने गरिन्छ। तसर्थ, तपाईंले एपहरुलाई अद्यावधिक गरिरहनुपर्छ। यद्यपि, तपाईंले प्रयोग नगर्ने एपहरू फोनबाट हटाउनु पर्छ।
विश्वसनीय एप स्टोरहरू प्रयोग गर्नुहोस्
सधैं विश्वसनीय स्रोतहरू जस्तै एन्ड्रोइड फोनहरूको लागि गुगल प्ले स्टोर र आईफोनको लागि एप्पल एप स्टोर वा एपहरू स्थापना गर्न अन्य आधिकारिक एप स्टोरहरू मात्र प्रयोग गर्नुहोस्। यदि तपाईंले अज्ञात स्रोतबाट एप डाउनलोड गर्नुभयो भने, त्यहाँ मालवेयरको जोखिम हुन्छ।
पानी र अत्यधिक तातोबाट बच्नुहोस्
तपाईंको फोनलाई पानी र अत्यधिक तातोको जोखिमबाट जोगाउनुहोस् किनभने यसले तपाईंको फोनलाई हानि पुर्याउन सक्छ। यो फोन वाटरप्रूफ तथा डस्टप्रुफ छ भने पनि लागू हुन्छ। फोनमा पानीको थोपाले फोनलाई हानि पुर्याउन सक्छ। त्यसैगरी अधिक तातो स्थानमा फोन नराख्नुस वा नचलाउनुहोस्।
क्यास खाली गर्नुहोस्
तपाईंको फोनमा धेरै एपहरू चलाउँदा जङ्क फाइलहरू क्यासमा रहन्छन्। तपाईंको आईफोन वा एन्ड्रोइड फोन राम्ररी चलाउनको लागि समय समयमा यी क्यास फाइलहरू खाली गरिरहनुहोस्।
प्रकाशित: २० माघ २०७८, बिहीबार