काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटाले फेसबुक, मेसेन्जर तथा इन्स्टाग्रामका लागि ३डी अवतारहरु अपडेट गरेको छ।
पछिल्लो समय मेटाभर्सका केन्द्रित भइरहेको मेटाले मेटाभर्सका अपरिहार्य घटक ३डी अवतारहरुलाई आफ्ना सबै प्लेटफर्महरुका लागि उपलब्ध गराउने उद्देशयले यो अपडेट ल्याएको जीएसएमएरिनाले जनाएको छ।
मेटाले हालै ३डी अवतारको फिचरमा केही कस्टमाइजेशन गर्दै अबदेखि ती अवतारहरु फेसबुक, मेसेन्जर तथा इन्स्टाग्राममा डीएम अर्थात् डाइरेक्ट मेसेज गर्दा प्रयोग गर्न सकिने बनाएको हो।
यी तीनै प्लेटफर्मको मूल कम्पनी मेटाले नयाँ अपडेट गरिएको ३डी अवतारमा थप गर्न सकिने हियरिङ एड, ह्वीलचियर लगायतका सामग्रीको पनि व्यवस्था गरेको छ।
यसबाहेक नयाँ फेसियल एक्सप्रेसन अर्थात् अनुहारको हाउभाउ तथा छालाको र्ग संयोजन पनि यूजरको वास्तविक जीवनमा रहे झैं देखाउन मेटाले निकै कस्टमाइजेशन गरेको बुझिएको छ।
प्रकाशित: २० माघ २०७८, बिहीबार