
काठमाडौं ।
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको हो।
यो व्यवस्थासँगै अब राष्ट्रिय परिचयपत्र बनाउन जिल्लासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ। ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउनेको चाप बढेको थियो ।
हाल काठमाडौंका पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट यो सेवा शुरू गरिएको छ। अरु पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ।
काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ।
प्रकाशित: १९ माघ २०७८, बुधबार