डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेकोमा अर्थमन्त्रीको चासो

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेकोमा अर्थमन्त्रीको चासो
फाइल तस्बिर

काठमाडौं ।

राजश्व राष्ट्रको रगत पसिना रहेको भन्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् ।

मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए ।

अर्थमन्त्रीले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने बताए।

मन्त्री शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेकोमा चासो राखेको बताईएको छ। क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेको जारी प्रेस नोटमा उल्लेख छ।

यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजश्व चुहावट बढी हुने गरेको छ ।

राजश्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार