भारतमा नयाँ स्मार्टफोन किन्न अब सस्तो पर्ने, के घट्ला त नेपाल आउने भारतीय ग्याजेटको मूल्य ?

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
भारतमा नयाँ स्मार्टफोन किन्न अब सस्तो पर्ने, के घट्ला त नेपाल आउने भारतीय ग्याजेटको मूल्य ?

काठमाडौं ।

भारतीय वित्तमन्त्री निर्मला सीथारमणले आफ्नो दोस्रो डिजिटल बजेटमा डिजिटल क्षेत्रको ठूलो ध्यान दिएकि छन्। मंगलबार सार्वजनिक बजेट २०२२ मा उनले मोबाइल फोन, मोबाइल चार्जर, ट्रान्सफर्मर, क्यामराको लेन्सलगायत अन्य धेरै विद्युतीय वस्तुमा भन्सार महसुल घटाउने घोषणा गरेकी भारतीय मिडीयाहरुले जनाएका छन् ।

यो निर्णयले यी चीजहरू बजारमा सस्तो हुने बताईएको छ। भारतमा विद्युतीय वस्तुको उत्पादन सकेसम्म बढाउने सरकारको लक्ष्य रहेको अर्थमन्त्रीले बताईन् ।

मूल्य कसरी घट्छ

वास्तवमा, बजेटमा वित्तमन्त्री सीथारमणले मोबाइल फोनको क्यामरा लेन्स, ट्रान्सफर्मर र मोबाइल फोन चार्जरलगायत अन्य धेरै इलेक्ट्रोनिक वस्तुहरू र तिनका पार्टपुर्जाहरूमा छुट दिने घोषणा गरिन्।

भारतीय मिडियाहरुकाअनुसार यी सामग्रीमा महसुल छुट दिएपछि भारतमा मोबाइल र अन्य इलेक्ट्रोनिक वस्तुको उत्पादनलाई तीव्रता दिइनेछ। जसले यस्ता सामग्री बनाउन धेरै कम्पनीहरू अगाडि आउन सक्नेछन्। यी सामग्रीहरुलाई बनाउन लागत कम भयो भने मूल्य पनि कम हुन्छ। अर्थात् भारतीय जनताले मोबाइल, फोन चार्जरलगायत विद्युतीय सामग्री सस्तोमा पाउने छन् ।

यसका साथै भारतीय सरकारले वेयरेबल डिभाइस, अडियो डिभाइस, इलेक्ट्रोनिक्स स्मार्ट मिटरको उत्पादनलाई प्रवद्र्धन गर्न भन्सार महसुल घटाउने बताएको छ। यसले पनि उनीहरूको मूल्य पनि घटाउनेछ।

गत वर्षको बजेटमा भने भारतीय सरकारले मोबाइल र अन्य इलेक्ट्रोनिक वस्तुहरूमा भन्सार महसुल २.५ प्रतिशतले बढाएको थियो। जसका कारण विदेशबाट आउने मोबाइल र पार्टपुर्जा भारतमा आउँदा महँगो परेको छ।

यसले नेपाली बजारलाई समेत असर पार्न सक्नेछ। किनकी भारतीय बजारमा उत्पादन हुने त्यस्ता इलेक्ट्रोनिक्स सामग्री र ग्याजेटहरु नेपालमा समेत आयात हुने गरेका छन्। त्यसैले भारतमा उत्पादन लागत कम हुँदा त्यसले नेपाली बजारमा आयात हुने भारतीय इलेक्ट्रोनिक्स सामग्री र ग्याजेटहरुको मूल्य समेत सस्तो हुनसक्नेछ। जसले अन्तिममा उपभोक्ताहरुलाई फाइदा हुन्छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...