प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश बिष्ट नियुक्त

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश बिष्ट नियुक्त

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले विष्टलाई मंगलबार सूचना प्रविधि विज्ञमा नियुक्त गरेका हुन्।

उनी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडन) का पूर्वमहासचिव हुन्। यसका साथै उनी यसअघि नेपाली कांग्रेस केन्द्रिय सूचना, संचार तथा प्रचार विभागको सदस्य तथा आईटी सेलका प्रमुख थिए।

इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर गरेका विष्टले ग्रामिण विकासमा पनि स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । विगत दुई दशकदेखि सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल उनी पछिल्लो समय राजनीतिमा प्रविधि जोड्न कांग्रेसभित्र सक्रिय छन्।

नेपाली कांग्रेसले विष्टकै संयोजनमा प्रचारप्रसार तथा सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन नेपाली कांग्रेस वाइड इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको थियो।

सो नेटवर्कमा पार्टीमा प्रविधि र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा संलग्न रहेका प्रतिनिधिहरुलाई समावेश गरिएको छ भने यसको संयोजकको जिम्मेवारी दिईएको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...