वैश्विक चिप अभावका कारण ज्यागुअर ल्याण्ड रोभरले गुमायो ९० लाख पाउण्ड

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
वैश्विक चिप अभावका कारण ज्यागुअर ल्याण्ड रोभरले गुमायो ९० लाख पाउण्ड

काठमाडौं ।

बेलायती कार निर्माता कम्पनी ज्यागुअर ल्याण्ड रोभरले वैश्विक चिप अभावका कारण २०२१ को अन्तिम त्रैमासमा ९० लाख पाउण्ड अर्थात् १ करोड २० लाख डलर गुमाएको छ।

उक्त अवधिमा कम्पनीको खुद्रा व्यापार अघिल्लो वर्षको तुलनामा ३७.६ प्रतिशतले घटेर जम्मा ८० हजार १२६ थानमात्र गाडी बिक्री गरेको आँकडा रहेको बीबीसीले उल्लेख गरेको छ।

उत्पादनमा गिरावट आएपछि बिक्री घट्नु स्वाभाविकै भएको र कम्पनीले अघिल्लो त्रैमासमा भने २२ प्रतिशतले वृद्धि गरेर ४ अर्ब ७ पाउण्डको कारोबार गरेको थियो।

विश्वभरका निर्माताहरु सेमिकन्डक्टर चिपको मोज्दात सुरक्षित गर्न नसकेर अझै पनि निकै संघर्ष गरिरहेका छन्।

‘सेमिमन्डक्टरको आपूर्ति गडबडीका कारण यो त्रैमासमा गाडीको बिक्री घट्ने क्रमले निरन्तरता पाइरहँदा हामीले हाम्रा गाडीहरुको विश्वासिलोपनाका कारण माग निकै चुलिएको पाएका छाैं’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत थियरी बोलोरेले विज्ञप्तिमा उल्लेख गरेका छन्।

तर कम्पनीले चिप अभावको अवस्था यो वर्षैभरी रहने भए पनि आपूर्ति बिस्तारै सहज हुँदै जाने पनि अपेक्षा गरेको छ।

यो घाटाका कारण भारतीय मूल कम्पनी टाटा मोटर्सले उक्त अवधिमा १५ करोड पाउन्ड घाटा ब्यहोर्नुपरेको थियो।

कम्पनीले आफ्नो नयाँ ल्याण्ड रोभर गाडीको माग निकै चुलिएकाले बूकिङ पनि हालसम्मकै कीर्तिमानी १ लाख ५५ हजार पुगेको दावी गरेको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १८ माघ २०७८, मंगलवार

NOC from Nagarik App

  • १८ माघ २०७८, मंगलवार

E-pension verification system launched

  • १८ माघ २०७८, मंगलवार