
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर नयाँ अफर सार्वजनिक गरेकोछ। कम्पनीले यहि माघ १८ गतेदेखि लागू हुने गरेर डाटा प्याकहरुमा छुट अफर ल्याएको हो।
कम्पनीकाअनुसार वार्षिकोत्सव अफरमा २० जीबी २९४ रुपैयाँमा किन्न सकिनेछ। यो अफर केबल १० दिनको लागि मान्य हुने बताईएको छ ।
त्यसैगरी ६ जीबी डाटा ९८ रुपैयाँमा किन्न सकिनेछ भने यो ३ दिनका लागि मात्र मान्य हुनेछ।
यस बाहेक कम्पनीले एक दिने डाटा अफर पनि ल्याएको छ जसअनुसार १ एमबीपीएस डाटाको लागि ६९ रुपैयाँ तोकिएको छ। यसमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ तर यो अफर २४ घण्टाको लागि मात्र मान्य हुने जनाएको छ।
यी सबै अफरहरु फागुन ३ गतेसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा
ग्राहकहरुलाई आकर्षक NT Anniversary offer!उक्त offer यही माघ १८ गते देखि फागुन ३ गते सम्म लागु रहने छ |
सेवा सुचारू गर्नको लागि *१४१५*११# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।#nepaltelecom #NtAnniversaryoffer pic.twitter.com/UO9DK4sZE8
— Nepal Telecom (@ndcl_nt) February 1, 2022
प्रकाशित: १८ माघ २०७८, मंगलवार