
काठमाडौं ।
अर्को किनारामा अवतरण गरेर चीनले यसअघि कहिल्यै नदेखिएका भिडियो फूटेजहरु खिच्न सफल भएको छ।
हालै भोतिक तथा खगोल विज्ञानबारे सामग्रीहरु प्रकाशन गर्ने फिजिक्स(एस्ट्रोनोमी डट कमले यस्तो जानकारी सार्वजनिक गरेको हो।
अन्तरिक्ष खोजका क्षेत्रमा चीनको अन्तरिक्ष नियोगले इतिहास कायम गरेको र इनोभेसनमा अगाडि बढ्दै गइरहेको छ।
चीन हालै मानव इतिहासमै पहिलोपटक अन्तरिक्षयानलाई चन्द्रमाको उपल्लो भागमा अवतरण गराउने देशमात्र नभई चन्द्रमाको सतहमा पहिलो विरुवा उमार्न पनि सफल भएका छन्।
यो विरुवा उमार्ने सफलताले कालान्तरमा पृथ्वीको प्राकृतिक उपग्रहमा मानवप बस्ती बसाउन सकिनेतर्फ सम्भावनाको ढोका खोलेको छ।
चन्द्रमाको आइट्केन बेसिनमा रहेको हाम्रो सोर्यमन्डलको सबैभन्दा ठूलो इम्प्याक्ट क्रेटर भोन कार्मानमा अवतरण गरेर चेन्ज ४ मिसनले यसको यूटु-२ नामक रोभरलाई चन्द्रमाको सतहमा डिप्लोय गरेको फिजिक्स एस्ट्रोनोमी डट कममा उल्लेख छ।
चिनियाँ वैज्ञानिकहरुले रोभर तथा चन्द्रमालाई परिक्रमा गर्ने स्याटेलाइटले काम गरेको सुनिश्चित गरिसकेपछि आफ्ना रोबोटिक एक्सप्लोरर वरपरका ठाउँहरुको अध्ययन शुरु गरेका थिए।
उक्त स्याटेलाइटले ल्याण्डर, रोभर तथा पृथ्वीमा रहेका वैज्ञानिकहरुका बीच पुलको काम गर्छ।
यसबाहेक उनीहरुले यसअघि मानव आँखाले नदेखेको बिल्कुलै फरक परिवेश र धरातलको शानदार फोटो तथा भिडियो खिच्न सफल भएका थिए।
रोभर र चन्द्रयान स्टेशन गरिएको आइट्केन बेसिन सतहभन्दा ८ माइल गहिरो छ भने यसको व्यास लगभग १६०० माइल रहेको बताइएको छ।
चिनियाँ वैज्ञानिकहरुले आफ्ना उडानका क्रममा त्यहाँ रहेका खनिज तथा विकिरणका बारेमा पनि परीक्षण तथा अध्ययन गर्नेछन्।
यससँगै उनीहरुले चन्द्रमाको उपल्लो भेगमा रहेको खनिज पदार्थको विशेलेषण गर्ने अनुपम र अद्वितीय माैका पाउने पनि समाचारमा उल्लेख छ।
प्रकाशित: १८ माघ २०७८, मंगलवार