भारत सर्वाधिक मोबाइल निर्माण गर्ने देशहरुमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको दावी

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
भारत सर्वाधिक मोबाइल निर्माण गर्ने देशहरुमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको दावी
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले भारत सर्वाधिक मोबाइल फोन निर्माता देशमध्ये दोस्रो नम्बरमा आएको दावी गरेका छन्।

भारत मोबाइल फोन लगायतका ग्याजेटका लागि निकै ठूलो बजार भएकाले दैनिकजस्तो नयाँ नयाँ कम्पनीका डिभाइसहरु सार्वजनिक भइरहेका हुन्छन्।

अहिले पनि सामसङ, रियलमी, ओपोलगायतका कम्पनीका थुप्रै मोडल सार्वजनिक भइसकेका र अन्य थुप्रै मोडलहरु आउने क्रममै रहेका छन्।

तर अहिले भने भारतमा बाहिरबाट आयातित मात्र नभई देशभित्रै निर्माण हुने मोबाइल फोनको सङ्ख्याका आधारमा भारत विश्वकै सर्वाधिक मोबाइल फोन निर्माण गर्ने देशहरुमध्ये दोस्रो नम्बरमा पर्ने दावी गरिएको हो।

हान नीति आयोगका सीईओ अमिताभ कान्तले दैनिक २०० इकाइमा मोबाइल फोन बनिरहेको र यो आँकडा सन् २०१४ मा २ ओटा इकाइमार्फत् मात्र उत्पादन हुने गरेको जानकारी दिएका हुन्।

उनका अनुसार सन् २०१४-१५ मा ६ करोड थान हाराहारी उत्पादन हुने मोबाइल फोन २०२०-२१ मा बढेर ३० करोड थान पुगेको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार