खानेपानीको महशुल अनलाइनबाट भुक्तानी गर्ने प्रणाली परीक्षण गरिँदै

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
खानेपानीको महशुल अनलाइनबाट भुक्तानी गर्ने प्रणाली परीक्षण गरिँदै
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले अनलाइनबाट समेत महशुल भुक्तानी गर्ने प्रणाली परीक्षण शुरु गर्ने भएको छ।

केयूकेएलले यसअघि छनोटमा परेको भुक्तानी सेवा प्रदायकहरुमार्फत अनलाइन महशुल भुक्तानी गर्ने प्रणाली परीक्षण गर्ने भएको हो ।

कम्पनीले यसको लागि ईसेवाफोन पे प्रालि. एनएमबि बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई छनोट गरीसकेको छ ।

अनलाइन भुक्तानी सेवाका साथसाथै केयूकेएलका शाखा कार्यालयहरुको काउन्टरबाट समेत महशुल भुक्तानी गर्न सकिने व्यवस्था यथावत राखेको छ।

कम्पनीले अनलाईन सेवामार्फत नै खानेपानी लिकेज, खानेपानी बितरण तालिका, मितर रिडिङ्ग, आदि बारे जानकारी दिनसक्ने वा सो सम्बन्धि जानकारी लिनसक्ने जनाएको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया