काठमाडौं ।
एक रूसी अदालतले सामसङ इलेक्ट्रोनिक्सलाई रूसमा ६१ मोडेलका स्मार्टफोनहरू आयात र बिक्री गर्नबाट रोक लगाउने अघिल्लो निर्णयलाई उल्टाएको छ।
हालैको एक अदालत कागजातहरूले यसको सामसङ पे प्रणाली सम्बन्धी बौद्धिक सम्पत्ति मुद्दामा लगाएको सो रोक हालसालै फुकुवा गरेको देखाएको रोयटर्सले उल्लेख गरेको छ।
स्विट्जरल्याण्डको कम्पनी एसक्यूवीन एसएद्वारा दायर गरिएको मुद्दामा सामसङ पेले रूसमा दर्ता भएको इलेक्ट्रोनिक भुक्तानी प्रणाली पेटेन्टको उल्लङ्घन गरेको दाबी गरेको छ।
तर रुसी मिडियाको रिपोर्टअनुसार जनवरी २७ मा भएको सो फैसलामा, मस्को मध्यस्थता अदालतले एसक्यूवीन एसएद्वारा गरिएको अपील खारेज गरेको बताएको छ।
एसक्यूवीन एसएद्वारा सामसङले खराब विश्वासका साथ काम गरेको प्रमाणित गर्न असफल भएको निर्णयमा भनिएको छ।
अक्टोबरको एक आदेशमा अदालतले ६१ ओटा सामसङ मोडेलहरूलाई सूचीकृत गरेर कम्पनीलाई प्याटेन्ट नम्बरहरू उद्धृत गर्दै रसियामा आयात र बिक्री गर्न निषेध गरिएको थियो।
प्रकाशित: १८ माघ २०७८, मंगलवार