काठमाडौं ।
अमेरिकाको उत्तरी क्यारोलिना स्थित चार्लोटका एक प्रबन्धकले अमेजन गोदामबाट व्यापारिक सामानहरू चोरेर र पुन: बिक्री गरेको आरोप स्वीकार गरेका छन् । द भर्जको रिपोर्टअनुसार उनलाई लगाईएको मेल फ्रडको आरोपमा दोषी स्वीकार गरेको अमेरिकी न्याय विभागले एक समाचार विज्ञप्तिमा बताएको छ।
विभागकाअनुसार जुन २०२० र सेप्टेम्बर २०२१ को बीचमा, अमेजनको चार्लोट गोदामका अपरेसन म्यानेजर डगलस राइट, जुनियरले कथित रूपमा आन्तरिक हार्ड ड्राइभ र प्रोसेसर जस्ता कम्प्युटर पार्ट्सहरू प्राप्त गर्नको लागि आफ्नो पहुँच प्रयोग गरेर २ लाख ७३ हजार डलर भन्दा बढीको कुल मूल्यका उत्पादनहरू चोरेका थिए।
राइटले शुक्रबार अदालतमा उनले उत्पादनहरू आफ्नो घरमा पठाएका र त्यसपछि तिनीहरूलाई क्यालिफोर्नियाको कम्प्युटर होलसेल कम्पनीमा बेचेको बताएका थिए।
उनलाई अधिकतम २० वर्षको जेल सजाय र २ लाख ५० हजार अमेरिकी डलर जरिवाना हुनसक्नेछ तर सजायको मिति तय गरिएको छैन।
यसैबीच वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेअनुसार अमेजनले फेब्रुअरी ३ मा आफ्नो चौथो त्रैमासिक आम्दानी जारी गर्दा १३७.७३ अर्ब डलरको रेकर्ड त्रैमासिक राजस्व देखाउने अपेक्षा गरिएको छ। कम्पनीको महामारीको समयमा गोदाम कामदारहरूलाई गरेको व्यवहारको लागि व्यापक रूपमा आलोचना गरिएको छ र डिसेम्बरमा यसको एउटा गोदाममा आँधीले गर्दा ६ जनाको मृत्यु भएपछि कंग्रेसको छानबिनको सामना गर्नुपरेको छ।
प्रकाशित: १८ माघ २०७८, मंगलवार