काठमाडौं ।
नोकिया, चाइना मोबाइल (सीएमसीसी) र मिडियाटेकले सांघाईमा विश्वको पहिलो ३ कम्पोनेन्ट्स (३सीसी) क्यारियर एग्रीगेसन (सीए) प्रविधिको परीक्षणमा कीर्तिमानी गति हासिल गरेको घोषणा गरेका छन्। रूपान्तरित ७०० मेगाहर्ज/२.६ गीगाहर्ज नेटवर्क २.९४ जीबीपीएसको टप डाउनलिङ्क गति दरमा पुग्यो।
यो परीक्षणमा नोकियाको एयरस्केल फाइभजी (AirScale 5G) बेसब्यान्ड र मिडियाटेकको डाइमेन्सिटी ९००० फाइभजी मोबाइल प्लेटफर्म सीएमसीसीको नेटवर्कमा प्रयोग गरिएको थियो।
नोकियाले यो पहिलो पटक एन२८ (७०० मेगाहर्ज ब्यान्ड; ३० मेगाहर्ज) र एन४१ (२.६ गीगाहर्ज ब्यान्ड; १०० +६० मेगाहर्ज) फ्रिक्वेन्सी ब्यान्डहरू सफलतापूर्वक १९० मेगाहर्ज ब्यान्डविथ (एन२८+ एन४१) लाई क्यारियर एग्रीगेशन टेक्नोलोजीमा जोडिएको बताएको छ।
यसले सञ्चार सेवा प्रदायकहरूलाई उच्च मोबाइल ब्रोडब्यान्ड सेवाहरू र एचडी भिडियो जस्ता सेवाहरुलाई उच्च थ्रुपुट र राम्रो कभरेज प्रदान गर्न सक्षम बनाउने नोकियाले बताएको छ। क्यारियर एग्रीगेसनले प्राइमरी सेल स्विच कार्यक्षमता प्रयोग गर्दछ र फाइभजी नेटवर्कहरूको स्पेक्ट्रल दक्षता अधिकतम गरेर उच्च नेटवर्क क्षमताको लागि फ्रिक्वेन्सी ब्यान्डहरू संयोजन गर्दछ। यसले छिटो डाटा स्पीड, कभरेज क्षेत्रमा वृद्धि गर्ने, र राम्रो इन्डोर प्रदर्शनमा नेतृत्व गर्दछ।
सांघाईमा सीएमसीसीको नेटवर्क प्रयोग गरेर परीक्षण गतिविधिहरू जारी रहने बताईएको छ।
फाइभजी एफडीडी र टीडीडी ब्यान्डहरूको संयोजन,पूरक क्यारियर एग्रीगेसनद्वारा स्पेक्ट्रम सिनर्जीका फाइदाहरू बढाउँछ । त्यसैगरी नेटवर्क निर्माणको लागत घटाउँछ र नेटवर्क कभरेज र प्रयोगकर्ताहरूलाई सेवा सुधार गर्दछ।
नोकिया सीएमसीसीको २० वर्षभन्दा बढी समयदेखि साझेदार रहेको छ, जसले ७०० मेगाहर्ज र २.६ गीगाहर्ज ब्यान्डको कन्भर्जन्ससँग आफ्नो नेटवर्क विस्तार गरिरहेको छ।
मिडियाटेकमा ताररहित सञ्चार प्रविधिका महाप्रबन्धक एस प्यानले नयाँ डाइमेन्सिटी ९००० फ्ल्यागशिप ५जी मोबाइल प्लेटफर्म र आगामी डाइमेन्सिटी ५जी मोबाइल प्लेटफर्महरूद्वारा सञ्चालित स्मार्टफोनहरू यस फाइभजी कनेक्सन सुविधाबाट लाभान्वित हुने बताए।
प्रकाशित: १८ माघ २०७८, मंगलवार