अनर ६० एसईको विवरण बाहिरियो, चीनमा छिट्टै सार्वजनिक हुने अपेक्षा

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरको आउँदै गरेको अनर ६० एसई को विवरण लीक भएको छ।

हालै गीकबेन्चको डाटाबेसमा जीआईए-एएल०० मोडल नम्बरको विवरण सूचीकरण गरिएको र विवरण अनुसार यो मोडल नै अनर ६० एसई भएको आकलन गरिएको छ।

उक्त विवरण अनुसार यो डिभाइसमा मिडियाटेकको डाइमेन्सिटी ९०० चिपसेटका साथमा ८ जीबी र्याम रहनेछ। यसबाहेक यो फोन सार्वजनिक हुँदैमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टमयुक्त हुने पनि विवरणमा उल्लेख भएको जीएसएमएरिनाले जनाएको छ।

यी आधारभूत विवरणबाहेक गीकबेन्चको नतिजामा अनर ६० एसई चिनियाँ बजारमा छिट्टै उपलब्ध हुने र त्यसको केही समयपछि विश्व बजारमा विस्तार गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया