नेटफ्लिक्सको सपोर्टेड चिपसेटको सूचीमा एक्जिनोस २२०० थपियो

Technology Khabar १८ माघ २०७८, मंगलवार

काठमाडौं ।

भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्ना सपोर्टेड चिपसेटमा सामसङको फ्ल्यागशिप एक्जिनोस २२०० लाई सूचीकृत गरेको छ।

यो चिपसेटयुक्त ग्यालेक्सी एस२२ सिरिज आगामी फेब्रुअरी ९ मा सार्वजनिक हुने सामसङले तय गरिसकेको छ।

पछिल्लो २ महिनायता बाहिर आएका विभिन्न लीकमा यो सिरिजका विवरण सार्वजनिक भएका छन्।

एक्जिनोस २२०० युक्त ग्यालेक्सी एस२२ केही देशमा आउने पनि यसबाट सुनिश्चित भएको छ। यसबाहेक स्न्यापड्रागन ८ जेन १ चिपसेटयुक्त भेरियन्ट भने अमेरिका, चीन तथा भारतमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

नेटफ्लिक्सको सपोर्टेड डिभाइस तथा चिपसेटको सूचीमा एचडी तथा एचडीआर भिडियो कम्प्याटिबिलिटी भएका डिभाइस र चिपसेट रहेका छन्।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया