मेटाभर्स र इमर्सिभ ग्याम्ब्लिङमा प्रतिस्पर्धा गर्दै वैश्विक गेमिङ कम्पनी एन्टेन

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
मेटाभर्स र इमर्सिभ ग्याम्ब्लिङमा प्रतिस्पर्धा गर्दै वैश्विक गेमिङ कम्पनी एन्टेन

काठमाडौं ।

वैश्विक गेमिङ कम्पनी एन्टेनले मेटाभर्स तथा इमर्सिभ ग्याम्ब्लिङको क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएको छ।

वैश्विक स्पोर्ट्स बेटिङ तथा गेमिङ कम्पनीका रुपमा चिनिएको कम्पनीले सोमबार मेटाभर्समा इमर्सिभ स्पोर्ट्स तथा मनोरञ्जनको अनुभवका लागि इन्नोभेट नामक इनोभेशन ल्याबको विकास गरेको छ।

एन्टेनले स्टार्टअप तथा एनएफटी, भर्चुअल रियालिटी तथा अग्मेन्टेड रियालिटीका लागि एप्लिकेशन बनाउन १३ करोड ३० लाख डलर लगानी गर्ने भएको छ।

यो प्रयासमा दुईओटा रिटेल एक्सपेरियन्स जोन तथा भीआर आर्केडहरुमा यूजरद्वारा  नयाँ उत्पादनहरु परीक्षण गरिने बताइएको छ।

‘हामी उपभोक्ताका लागि नयाँ तथा उत्साहजनक उत्पादन तथा अनुभवहरुका क्षेत्रमा अग्रणी रहन चाहन्छाैं भने मेटाभर्सका लागि स्पोर्ट, गेमिङ र अन्तरक्रियात्मक मनोरञ्जनका लागिप इनोभेशन सिर्जना गर्न हाम्रा अत्याधुनिक प्रविधिलाई उपयोगमा ल्याउनेछाैं’, जेट्टे न्यागार्ड एन्डरसनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १७ माघ २०७८, सोमबार