
काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल नम्बर प्रयोगमा सचेत हुन भनेको छ। बैंकले आज सूचना गर्दै ग्राहकले प्रयोग गरिरहेको मोबाइल नम्बर र बैंकलाई उपलब्ध गराएको मोबाइल नम्बर एउटै भए नभएको सुनिश्चित गर्न भनेको हो।
बैंकले मोबाइल सेवा प्रदायकहरुले ६ महिनासम्म प्रयोगमा नआएको सिमकार्डलाई पुन बिक्री गर्न लागेको बारेमा स्मरण गराउँदै बैंकको मोबाइल नम्बर अपडेट गर्न भनेको हो।
बैंक खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर अरुले नै प्रयोग गरिरहेको हुनसक्नेतर्फ सचेत गराउँदै बैंकमा सम्पर्क गरेर आफ्नो मोबाइल नम्बर अपडेट गर्न भनेको छ।
अत्यन्त जरुरी सूचना। #MuktinathBikasBank #BankSafe #BankingOnValues #StaySafe #MNBBL pic.twitter.com/huzW5UVTcS
— Muktinath Bikas Bank Ltd. (@muktinathbank) January 31, 2022
बैंकहरुले आफ्ना ग्राहकहरुलाई ओटिपी नम्बर पठाउन मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्न तथा अन्य अलर्टहरु दिनका लागि मोबाइल नम्बर प्रयोग गर्ने गर्दछन्। जसले गर्दा ग्राहकहरुले मोबाइल नम्बर परिवर्तन गरेको अवस्थामा समेत बैंकमा दर्ता भएको पुरानै नम्बरमा नै अलर्ट मेसेज जाने गर्दछ। यसले ग्राहकहरुको व्यक्तिगत जानकारी र रकम असुरक्षित हुने संभावना हुन्छ।
प्रकाशित: १७ माघ २०७८, सोमबार