२ करोड ७० लाख एमएएचको भयंकर पावरब्याङ्क, ५ हजार ओटा स्मार्टफोन एकैपटक चार्ज हुने

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
२ करोड ७० लाख एमएएचको भयंकर पावरब्याङ्क, ५ हजार ओटा स्मार्टफोन एकैपटक चार्ज हुने

काठमाडौं ।

के तपाईँले २ करोड ७० लाख एमएएच क्षमताको पावरब्याङ्कका बारेमा कहिल्यै सुन्नुभएको छ? पक्कै पनि सुन्नुभएको छैन होला।

बजारमा हालसम्म उपलब्ध विभिन्न कम्पनीका पावरब्याङ्कहरु केही हजार क्षमताका हुने गर्छन् भने तिनिहरुको चार्जिङ क्षमता र ब्राण्डअनुसार मूल्य निर्धारण गरिएको हुन्छ।

तर हालै म्यानुअल गेङ नामका एक व्यक्तिले आफूले बनाएको २ करोड ७० लाख एमएएच क्षमताको अति भयंकर पावरब्याङ्कका बारेमा जानकारी शेयर गरेका छन्।

गिजचाइनाका अनुसार गेङ आफैंले उक्त पावरब्याङ्कको क्षमता २७ मिलियन अर्थात् २ करोड ७० लाख एमएएच भएको बताएका हुन्।

यसबाहेक उनले उक्त पावरब्याङ्क ३००० एमएएच ब्याट्री भएका करिब ५ हजार स्मार्टफोनहरुलाई एकैपटक चार्ज गर्न सक्ने दावी पनि गरे। यसमा जम्मा ६० ओटा चार्जिङ पोर्टहरु राखिएको छ।

यसले एकैपटकमा थुप्रै स्मार्टफोन मात्र नभई अन्य पावरब्याङ्क तथा नोटबुकहरु पनि चार्ज गर्न सक्छ। साथमा यसले टेलिभिजन, वाशिङ मेशिन तथा राइस कूकरजस्ता एप्लायन्सहरु चलाउन पनि मद्दत गर्छ।

‘यो पावरब्याङ्क बोक्न निकै सजिलो छ’, केही इन्टरनेट प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्।

यसका डिजाइनरले भने यसको साइजबारे केही खुलाएका छैनन्। तर शेयर गरिएको फोटोबाट यो डिभाइस ६ फिट लामो र ४ फिट चोडा तथा यसको मोटाई १ फिटको रहेको आकलन गर्न सकिन्छ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...