
काठमाडौं ।
क्रिप्टोकरेन्सीको कारोबारमा पक्राउ परेका दिनेश खड्कासँग काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
उनलाई अवैध डलर कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पक्राउगरेको थियो भने सो मुद्दामा आइतबार थुनछेकको आदेश गर्दै सो रकम धरौटी मागेको जनाएको छ।
खड्कासहित अन्य ४ जना माथि करिब ३७ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीका लागि अवैध डलर कारोबार गरेको आरोप थियो।
माघ १० गते विभागले खड्कासहित उनकी दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। तर विभागले दिनेशलाई मात्र पक्राउ गरि बुझाएको थियो।
सो मुद्दामा उनलाई अवैध डलर कारोबार गरेको आरोप लगाईएपनि उनी क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको भेटिएको थियो। खड्कासहितका व्यक्तिहरुले बाइनान्सलगायतबाट क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेका थिए।
प्रकाशित: १६ माघ २०७८, आईतवार