टी-मोबाइलले अप्रिलसम्म खोप नलगाउने कर्पोरेट कर्मचारीलाई बर्खास्त गर्ने

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
टी-मोबाइलले अप्रिलसम्म खोप नलगाउने कर्पोरेट कर्मचारीलाई बर्खास्त गर्ने

काठमाडौं ।

अमेरिकी दूरसञ्चार सेवा प्रदायक कम्पनी टी-मोबाइलले आगामी अप्रिलसम्म पूर्ण रुपमा कोभिड-१९ विरुद्धको खोप नलगाएका कर्पोरेट कर्मचारीलाई बर्खास्त गर्ने भएको छ।

कम्पनीले हालै आफ् स्वतन्त्र ब्लग टीएमओन्यूज डट कममा आन्तरिक कम्पनी मेमो पोस्ट गरेर यस्तो जानकारी दिएको हो।

उक्त ब्लगमा टी मोबाइलको नयाँ नीति गत शुक्रबार घोषणा गरिएको र त्यसका बारेमा कम्पनीका मानव संसाधन विभागका प्रमुखले सबै कर्मचारालाई ईमेल गरिसकिएको उल्लेख छ।

कम्पनीको उक्त नयाँ नीति अमेरिकी सर्वोच्च अदालतले जनवरीमा ल्याएको नियम अनुरुप रहेको रोयटर्सले उल्लेख गरेको छ।

‘कोभिड-१९ विरुद्धको आफ्नो पहिलो मात्रा लगाउन व्यवस्था गरिनसकेका र त्यसको प्रमाण आगामी फेब्रुअरी २१ सम्म अपलोड गर्ने कर्मचारीलाई बेतलबी बिदामा राखिनेछ’, मेमोलाई उद्धृत गर्दै उक्त ब्लगमा उल्लेख गरिएको छ, ‘आगामी अप्रिल २ सम्ममा पूर्ण रुपमा खोप नलगाउने प्रभावित कर्मचारीहरुलाई टी-मोबाइलबाट हटाइनेछ।’

अन्तरराष्ट्रियबाहेक सबै कर्मचारीलाई सम्बोधन गरिएको उक्त मेमोमा उक्त खोपसम्बन्धी नियम फिल्डमा खटिने प्राविधिक तथा अधिकांश इन-स्टोर खुद्रा स्टोरमा काम गर्नेहरुका लागि लागू नहुने पनि उल्लेख गरिएको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार